अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२५ | Colorodo: 01:40

सरकार भ्रष्टाचारविरुद्ध निर्मम तरिकाले जान्छ – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ मंसिर २३ गते ८:२२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकार निर्मम तरिकाले प्रस्तुत हुने बताउनुभएको छ । भ्रष्टाचारबिरुद्धको दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा सधै भ्रष्टाचार गर्नेहरुले नै ठूलो स्वरमा म भ्रष्टाचार गर्दिन भन्ने गरेको उल्लेख गर्दै भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध सरकार निर्मम तरिकाले जाने बताउनुभएको हो ।

भ्रष्टाचार गर्नुपर्छ कसैले नभन्ने तर भ्रष्टाचार गर्ने गरेको तथ्य उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘भ्रष्टाचार गर्नुपर्छ कसैले नभन्ने तर भ्रष्टाचार गर्ने तथ्य हामी सामु रहेको छ, यसलाई बदल्नुपर्छ, । ‘मैले भ्रष्टाचार गर्छु भन्ने मान्छे भेटेको छैन तर भकोभई छ । भनेपछि यो कति डरलाग्दो छ, सहजै थाह पाउन सकिन्छ ।’

सानोतिनो भ्रष्टाचार देखिने तर ठूलाठूला भ्रष्टाचार नदेखिएको गरेको जनाउँदै प्रधानमन्त्री ओलीले मान्छेले बुद्धिलाई कुठाउँमा प्रयोग गर्दा भ्रष्टाचार भएको प्रष्ट पार्नुभयो । ‘सानो डण्डिफोर देखिन्छ तर ठूलोठूलो रोग देखिदैन, मान्छे बुद्धिजीवी छ, चलाखी छ, बुद्धि कुठाउँमा प्रयोग गर्छ र भ्रष्टाचार गर्छ । मूर्ख भएको भए भ्रष्टाचार हुँदैनथ्यो ।’

प्रधानमन्त्री ओलीले आफूले अघि सारेको ‘म भ्रष्टाचार गर्दिन भन्ने’ नारा शतप्रतिशत कार्यान्वयन भएको तर अव म गर्न दिन्न भन्ने नारा कार्यान्वयन हुन बाँकी रहेको बताउनु भयो । अब ‘म गर्न दिन्न’ भन्ने नारा कार्यान्वयन गर्ने कोसिसमा आफू रहेको पनि उहाँको भनाई थियो । म भ्रष्टाचार गर्न दिन्न भन्ने अवस्था सिर्जना गर्न सरकार अव निर्मम तरिकाले जान्छ, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सबै जनप्रतिनिधि, स्थानीय सरकारको मर्यादा बढोस् भन्ने कामना गर्दै कर्मचारी भ्रष्ट र घुस्याहा भयो भन्ने सन्देश जनतामा पर्न नहुनेतर्फ सचेत हुनुपर्ने धारणा पनि राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू