अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८ | Colorodo: 05:33

पुरानो संरचना भत्काउन समय लाग्छ – प्रधानमन्त्री

बिआरटीनेपाल २०७५ मंसिर २३ गते ८:२० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो संरचना भत्काउन समय लाग्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्यालयमा अन्तरप्रदेश परिषदको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले प्रदेश सरकारले उठाएका विषय तत्काल सम्बोधन हुने बताउँदै सबै कुरा चाहाँदाचाहाँदै पनि गर्न नसकिएको उल्लेख गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले संघीयता राम्रोसँग कार्यान्वयन हुने समेत प्रष्ट पार्नुभयो ।

आजको बैठकमा ४ वटा प्रदेशका मुख्यमन्त्रीले बोलेका थिए । बैठकमा उनीहरुले ऐन, कानुन नबन्दा प्रदेश सरकार अनिर्णयको बन्दी बनेको गुनासो पोखेका छन् । उनीहरुले ऐन कानुन किन बन्न सकेन भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरेका थिए । बैठकमा संघीय सरकार र प्रदेश सरकारबीचको दायरा, अधिकार, कर्मचारीको व्यवस्थापन, वित्तिय आयोग, प्रशासन ऐन लगायतका विषयमा बहस भएको सरकारका प्रवक्ता एव्म सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बैठकले प्रदेशको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । बैठक सोमबार १० बजेबाट सुरु हुने सञ्चारमन्त्री बास्कोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू