अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५८ | Colorodo: 05:13

राजपा नेपालसँग एकीकरण गर्न फोरम नेपालद्धारा वार्ता समिति गठन

बिआरटीनेपाल २०७५ मंसिर २२ गते ८:१२ मा प्रकाशित

संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग एकीकरण गर्नका लागि वार्ता समिति गठन गरेको छ । राजधानीमा आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठकले सो समिति गठन गरेको हो । राजपा नेपाल र फोरम नेपालको बीचमा एकीकरणका लागि पहिलादेखि छलफल हुँदै आएको हो । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच यसअघि पनि एकीकरणका लागि छलफल भएको हो । दुई दलको बीचमा एकीकरणका लागि दोस्रो तहका नेताहरुको बीचमा पनि पटक–पटक छलफल भइसकेको छ । तर, राजपा नेपालभित्र आन्तरिक विवाद शुरु भएपछि अहिले वार्ता र छलफल स्थगित रहेको छ ।

राजपा नेपाल गठन हुनुभन्दा पहिला तत्कालिन सद्भावना र तमलोपासँग पनि फोरम नेपालको एकीकरणको प्रयास भएको थियो । पार्टी एकीकरणका लागि वार्ता टोली गठन गर्ने भनि राजनीतिक समितिबाट केन्द्रीय समितिमा प्रस्ताव आएको हो । यद्यपी राजपा नेपालसँग मात्र होइन, मुद्दा र विचार मिल्ने अन्य दलहरुसँग एकीकरण गर्नका लागि वार्ता समिति गठन गरिएको फोरम नेपालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू