अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५५ | Colorodo: 14:10

मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेषा पोन्स डि लिओन लाई

बिआरटीनेपाल २०७५ मंसिर २२ गते ७:४९ मा प्रकाशित

मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेषा पोन्स डि लिओनले जितेकी छिन् । उनले टप ५ मा थाइल्याण्ड, बेलारुस, युगाण्डा र जमैकाका सुन्दरीलाई पछि पार्दै ६८ औं मिस वर्ल्डको ताज पहिरिएकी हुन् । मिस वर्ल्ड भेनेषा पेशाले मोडेल हुन् ।

चीनको सान्यामा आयोजित विशेष समारोहमा मिस वर्ल्ड २०१७ मानुषी चिल्लरले मेक्सीकोकी सुन्दरी भेनेषालाई ताज पहिराइन् । त्यस्तै, फर्स्ट रनअप थाइल्याण्डकी सुन्दरी हुन सफल भएकी छिन् । नेपालबाट शृंखला खतिवडाले प्रतिनिधित्व गर्दै मिस मल्टिमिडिया र ब्यूटि वीथ पर्पोजको उपाधि जितेपनि उनी टप १२ बाट बाहिरिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू