अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४१ | Colorodo: 03:56

के हो अकुपञ्चर पद्धतिले जसले कयौँ ठुला रोगहरूलाई विना दुखाई निको पार्छ [हेर्नुहोस् भिडियो सहित ]

मनीषा थापा २०७५ मंसिर २२ गते ७:२२ मा प्रकाशित

भक्तपुर, छ हजार वर्ष देखि प्रयोग हुँदै आएको अकुपञ्चर पद्धति एक चिनियाँ उपचार पद्धति हो। यस पद्धतिको सिद्धान्त मेरिडियन अर्थात् शरीरको ऊर्जा बिन्दुसँग सम्बन्धित छ। यो ऊर्जालाई ‘छि’ भनिन्छ।

यदि हाम्रो शरीर स्वास्थ्य र असन्तुलित छ भने छि शरीरको सबै च्यानलबाट जान्छ। शरीरको शक्ति वा इनर्जी ब्यालेन्समा छैन भने अकुपञ्चरले ब्यालेन्समा ल्याउने काम गर्छ।

अकुपञ्चर पद्धतिमा सबै भन्दा पहिले बिरामीको दुखाइ वा रोग र इनर्जी च्यानललाई ध्यान राखेर शरीरको पोइन्टलाई चुनिन्छ र पोइन्ट चुनिसके पछि त्यसलाई इन्फेक्सन नहोस् भनेर स्पिरिटले सफा गरिन्छ। साथै विशेष प्रकारको सुई तालिम प्राप्त प्राविधिकले त्यो पोइन्टमा लगाउँछन् जस कारण बिरामीलाई कुनै पनि प्रकारको दुखाइको महसुस नै हुँदैन।

सुई लगाए पछि शरीरको इनर्जी लेभल ब्यालेन्समा आउँछ र रोग निको हुँदै जान्छ। वैज्ञानिक तरिकाले हेर्ने हो भने सुईले शरीरमा इन्डोर्फिन उत्पादन गर्छ जुन एक प्रकारको न्युरो ट्रान्समिटर हो जसले शरीरमा शान्ति दिन्छ र दुखाई कम गर्ने पेन किलरको रूपमा काम गर्छ।

अकुपञ्चर पद्धतिले उपचार गर्दा कुनै प्रकारको दुखाई हुँदैन। यस पद्धतिबाट उपचार गर्दा सुई मेन च्यानल पत्ता लगाई पोइन्टमा घोचिने भएकोले धेरैले यो पिडादाई हुन्छ भनेर सोच्छन्।

तर वास्तवमा यस्तो हुँदैन। यदि दुखाई भए पनि यो उपचार गर्ने व्यक्तिको कार्य कौसलता, दक्षता र सिकाईको कारणले हुने गर्दछ। त्यसैले दुखाई हुन्छ भनेर आफ्नो उपचार नै रोक्नु भएको छ भने दक्ष अकुपंचारिस्टबाट उपचार गर्न हवाई इन्टरनेसनल हस्पिटलमा नै सम्पर्क गर्नुहोस्। 

अकुपञ्चर पद्धतिले ठिक हुने रोगहरूको कुरा गर्नु पर्दा यस पद्धति मार्फत निद्रा नलाग्ने, टाउको दुख्ने, रिँगटा लाग्ने, कान बज्ने, रुघा लाग्ने, पिनास, दम, छाती र घाँटी सम्बन्धी रोग विभिन्न पेट सम्बन्धी रोग, कब्जियत, पखाला लाग्ने, पिसाब गरेको थाहा नहुने, उच्च रक्तचाप, न्यून रक्तचाप, मुटु सम्बन्धी रोग, पक्ष घात, काम्ने रोग, मुख बाङ्गो हुने आँखा परफराउने, घाँटी सम्बन्धी रोग, कुम दुख्ने, ढाड दुख्ने, जोड्नी सम्बन्धी रोग, प्यारालाइसिस साथै अन्य रोगहरूको उपचार हुन्छ।

गर्भधारण गरेको महिला र क्यान्सर रोगी साथै गम्भीर प्रकारको इन्फेक्सन भएको व्यक्ति बाहेक साना साना बच्चा देखि ९० वर्षको वृद्ध सम्मले अकुपञ्चर पद्धतिबाट उपचार गराउन सक्छन्।

महँगो उपचारको क्रममा तनाव ग्रस्त भएर दौडधुप गर्नु भन्दा बेलैमा बुद्धि पुर्‍याएर अकुपञ्चर पद्धतिबाट बिना दुखाई उपचार गर्न मित्र पार्क, चाबहिल, काठमाडौँमा रहेको हवाई इन्टरनेसनल हस्पिटललाई सम्झिनु होस।

हेर्नुहोस् भिडियो:

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू