अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५१ | Colorodo: 09:06

भारतको किर्तिमान तोड्दै डिसीका कराते खेलाडी उज्ज्वल ठकुरीलाई तेस्रो गिनिज वर्ल्ड रेकर्ड प्राप्त

विजय थापा २०७५ मंसिर २२ गते ७:१७ मा प्रकाशित

डिसी महानगर क्षेत्रका कराते खेलाडी उज्ज्वल ठकुरीलाई तेस्रो गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ । उनले भारतको किर्तिमान तोड्दै २ सय २६ घुँडा प्रहार गरी ठकुरीलाई उक्त विश्व किर्तिमान पदक प्राप्त भएको हो । यस सहित ठकुरीलाई तेस्रो गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।

काठमाडौँमा जन्मेका उज्ज्वल ठकुरी आमा जयन्ती शर्मा पौडेल तथा बाबु राजेन्द्र ठकुरीका जेठा सुपुत्र हुन् । तेस्रो पटक गिनिज वर्ल्ड रेकर्ड विजेता ठकुरीले भर्खर मात्र ६ डान उपाधि प्राप्त गरी अमेरिकन मरिन गोजु कराते बाट सम्मानित भएका थिए । तेस्रो किर्तिमान सँगै उनले ह्याट्रिक राख्न सफल भएका छन् । उनले यो भन्दा पहिला दुई विधामा खुट्टा फारेर (फांग गरेर) अधिक भार उठाई गिनिज वर्ल्ड रेकर्ड राखेका थिए ।

फांग (खुट्टा फारेर ) गर्ने यस्तो विधा हो जुन कराते,उसु र तेक्वान्दो ले प्रत्येक दिन कसरत गर्नै पर्छ । उक्त विधामा २ पटक पटक विश्व किर्तिमान राखेका थिए । यो तेस्रो विधामा पनि ठकुरीले नेपाल र नेपालीको लागि अलग पहिचान बनाएका छन् । यो विधामा विश्वका ठुला राष्ट्रहरू बेलायत, चीन, रुस, अमेरिका लगायत देशले पनि किर्तिमान राख्न न सकेकोमा ठकुरी गर्व गर्दछन् ।

उनी भन्छन्, एउटा नेपाली खेलाडी अमेरिकामा बसेर यी तीनै विधामा प्रत्येक दिन कसरत नगरी नहुने विधामा गिनिज विश्व रेकर्ड राख्न सफल भएको छु । मार्सल आर्ट्स (कौशल विधा)को मुख्य भाग चल्ने भनेको हात खुट्टा र घुँडा हो अनि फांग(खुट्टा फार्नु ) गर्नु हो उनले थप गर्दै भने ।

तेस्रो विश्व तेस्रो रेकर्डमा ३ मिनेटमा १ सय ८० घुँडा प्रहार गर्नु थियो । जसलाई अग्रेजीमा नि (knee) र बेढंग लडाई (रफ फाइट)मा हिज्ज़ा भनिन्छ । यो किर्तिमान भारतका ग्रान्ड मास्टर जसलाई अमेरिकी राष्ट्रपतिले सम्मान गरेका थिए उनको नाम जय नाथ रेड्डी थिए । उनको १० गिनिज रेकर्ड्स छ। उनको यो किर्तिमान देखेर उनलाई चुनौती दिन मन लागेर चुनौती गरेको बताए ।

जसको लागि आफूले निकै मेहनत र कडा परिश्रम गरेर तेस्रो विश्व गिनिज रेकर्ड्स कायम गर्न सफल भएको बताए । उनको रेकर्ड्स ३ मिनेट मा १ सय ८० चोटि घुँडा प्रहार गर्नु थियो । त्यो पनि नापेर छातीको स्तर साढे ३ फिट भन्दा माथि उनको रेकर्ड हेर्दा सुरुमा गरिएला जस्तो लागिएको थिएन ठकुरी भन्छन् । तर छोराले आँटे पछि पुग्छ भनेँ सोचेर गरे अनि हासिल गरे उनी थप्दछन् ।

यसको लागी एक दिन पनि आराम नगरी अहोरात्र खटे अनि यो किर्तिमान हुन् सक्यो उनी भन्छन् । ठकुरीले १ किलो वजन समेत बोकेर ३ मिनेट मा २ सय २६ चोटि प्रहर गर्न सफल भए । भारतको किर्तिमान भन्दा एक मिनेट मा ८९ घुँडा प्रहार ज्यादा हुन् गएको छ । सबै नेपालीको लागि र नेपालको लागि तीन पटक अर्थात् ह्याटट्रिक गर्ने सपना भएकोले गर्छु भन्ने प्रतिबद्धता र दृढ सङ्कल्प भयएकोले सबैको आशिर्बाद र माया पाएकोले यो सम्भव भयो उनी भन्छन् ।

आफूलाई हृदय देखि नै सधैँ सहयोग गर्नु हुने डिसी क्षेत्रका लागि नेपाली मूलका तेक्वान्दो प्र शिक्षक मास्टर कृष्ण बहादुर बलाल र वहाँको समूहलाई कृतज्ञता व्यक्त गरेका छन् । उनले भाबुक हुँदै आफ्ना माता पितालाई सम्झन चाहेको बताए । र आमा क्यान्सर(अबुर्द)रोग बाट बित्नु भएको हो भन्दै यदि जीवित हुनु भएको भए कति गर्व गन्रु हुन्थ्यो भनी आफ्ना भावना पोखेका छन् ।

प्रतिक्रिया