अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१ | Colorodo: 00:06

ईपीएल क्रिकेट – करनको उत्कृष्ट ब्याटिङमा विराटनगरको रोमाञ्चक जित

बिआरटीनेपाल २०७५ मंसिर २२ गते ४:४७ मा प्रकाशित

डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्सले काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा रोमाञ्चक जित हात पारेको छ । शनिबार टियु क्रिकेट मैदानमा सम्पन्न उद्घाटन खेलमा विराटनगरले ललितपुर प्याट्रियोट्सलाई ३ विकेटले पराजित गरेको हो । ललितपुरले दिएको १ सय ५ रनको लक्ष्य विराटनगरले खेल सकिन एक बल अघि ३ विकेट गुमायर पुरा गरेको हो। विराटनगरको जितमा करन केसीको इनिङ महत्वपूर्ण रह्यो। करनले आफ्नो टोलि कठिन अवस्थामा रहेको बखत उत्कृष्ट ब्याटिङ गर्दै टोलिलाई पहिलो र महत्वपूर्ण जित दिलाए । करणले अविजित रहँदै १९ बलमा ३६ रन प्रहार गरे। आफ्नो इनिङमा उनले एक चौका र ३ छक्का प्रहार गरे ।

१ सय ५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको विराटनगर लगातार विकेट गुमाउन थालेपछि संकटमा परेको थियो। विराटनगरले १० दशमलव १ ओभरमा ३४ रन जोड्दा ४ महत्वपूर्ण विकेट गुमाइसकेको थियो। त्यसपछि १६ दशमलव ४ ओभरमा ७३ रन जोड्दा ७ विकेट गुमाएको विराटनगर हार नजिक पुगेको थियो तर करनले उत्कृष्ट प्रदर्शन गर्दा विराटनगरले प्रतियोगितामा सुखद सुरुवात गरेको छ । यसअघि बलिङमा समेत करनले २ विकेट लिएका थिए । ललितपुरका गौरभ टोमरले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपनी टोलि जितबाट विमुख हुन पुग्यो । यस्तै सन्दीप लामिछानेले २ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ललितपुर प्याट्रियोट्सले २० ओभरमा ९ विकेट गुुमाउँदै १०४ रन बनाएको थियो। ललितपुरका लागि ज्ञानेन्द्र मल्लले सर्वा्धिक ४९ रन बनाए। अर्धशतक बनाउन १ रनले चुकेका मल्लले ५२ बलमा ३ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै सन्नी पटेलले २० र पवन सर्राफले १४ रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर कटाउन सकेनन् । ललितपुरलाई सस्तैमा समेटन विराटनगरका रोएलोफ भान डेर मेर्वी र करण केसीले २र२ तथा बसन्त रेग्मी, पारस खड्का र स्मित पटेलले एकरएक विकेट लिए। विराटनगरको नेतृत्व राष्ट्रिय टिमका कप्तान पारस खड्का र ललितपुरको कप्तानी राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू