अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३९ | Colorodo: 05:54

अफगानिस्तानमा तालिबान आक्रमणमा १४ सैनिक मारिए, २१ नियन्त्रणमा

बिआरटीनेपाल २०७५ मंसिर २२ गते ४:११ मा प्रकाशित

अफगानिस्तानको पश्चिमी हेतर प्रान्तस्थित तालिबानी लडाकुको आक्रमणमा १४ जना अफगानी सिपाहीको ज्यान गएको छ । लडाकुहरुले २१ जनालाई रातभर नियन्त्रणमा लिएका छन् । हेतर प्रान्त काउन्सिलका सदस्य नजिबुल्लाह मोहेबीका अनुसार उनीहरुले ६ घण्टासम्म त्यस क्षेत्रलाई नियन्त्रणमा लिएर आक्रमण गरेका थिए । रक्षा मन्त्रालयका प्रवक्ता घफर अहमाद जावेदले भने मृत्यु हुने र घाइते हुने सैनिकको संख्या १० बताएका छन् । तर तालिबानी प्रवक्ता जबिउल्लाह मुजाहिदले सैनिकहरुलाई बन्द कोठामा नियन्त्रण गरेको एक भिडियो नै ट्वीटरमा सार्वजनिक गरेका छन् ।

यद्यपि भिडियोको आधिकारिकता भने पुष्टि नभएको अन्तर्रा्ष्ट्रिय संचारमाध्यमले जनाएका छन् । गत महिना मात्रै राष्ट्रपति असरफ घानीले तालिबानी बिद्रोहीसँग शान्ति वार्ताको लागि १२ सदस्यीय वार्ता समिति गठन गर्नुभएको थियो । सन् २०१५ यता २८ हजार ५ सय २९ सुरक्षाकर्मी मारिएको भन्दै घानीले यस्तो प्रयास गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू