अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४६ | Colorodo: 03:01

इटालीको रात्रि क्लबमा भागदौड हुँदा ६ जनाको मृत्यु, दजनौं घाइते

बिआरटीनेपाल २०७५ मंसिर २२ गते ३:५० मा प्रकाशित

इटालीको मध्यक्षेत्रमा अवस्थित एक रात्रिक्लबमा शनिबार भएको भागदौडमा परी कम्तीमा ६ जनाको ज्यान गएको छ । बिहान १ः०० बजेको समयमा आकस्मिक खलबली मच्चिएको र यसपछि क्लबमा जम्मा भएका युवाहरूबीच भागदौड मच्चिएको थियो ।

अग्निनियन्त्रण सेवा प्रदायक स्थानीय कार्यालयले ट्वीटरमार्फत् प्रेषित एक विज्ञप्तिमा भनिएको छ–‘एउटा पिरो गन्धसहितको वस्तुलाई मानिसहरूको भीडबाट छर्किएपछि क्लबमा जम्मा भएका युवाहरू त्रासले भाग्दा कतिपय व्यक्ति लडेका र उनीहरूलाई अन्य व्यक्तिले हतारमा कुल्चेर भाग्नेक्रममा उक्त दुःखद् घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।’

स्थानीय सामाचारहरूमा एड्रियाटिक सामुद्रिक तटीय क्षेत्रमा रहेको एन्कोना राज्यको कोरिनाल्डो सहरमा ब्लु लानटर्न क्लबभित्र करिब एक हजार व्यक्तिले मनोरन्जन लिइरहेका समय एक्कासि भागदौड मच्चिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू