अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आज

बिआरटीनेपाल २०७५ मंसिर २२ गते २:५२ मा प्रकाशित

चीनको सान्यामा आयोजना गरिएको मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आज हुँदैछ । एक महिनादेखि विभिन्न विधामा भैरहेको प्रतियोगिताका स्पर्धामा १ सय १८ मुलुकका सुन्दरीले सहभागीता जनाएका छन् । प्रतियोगितामा सहभागी हुन चीन पुग्नुभएकी मिस नेपाल २०१८ श्रृंखला खतिवडाले दुई वटा महत्वपूर्ण स्पर्धामा जित हासिल गर्दै अन्तिम ३० मा स्थान बनाउनुभएको छ ।

आजको अन्तिम प्रतिस्पर्धामा अन्तिम १५ पछि अन्तिम ५ को छनोट गरी उपाधि घोषणा गरिनेछ । श्रृंखलाले मिस वल्र्डको ब्यूटी विथ अफ पर्पस अवार्ड जित्नुभएको छ । सन् २०१३ मा ईशानी श्रेष्ठले जितेको ब्यूटी विथ अफ पर्पस अवार्ड नै अहिलेसम्म नेपालले मिस वर्ल्डमा हासिल गरेको एक मात्र टाईटल अवार्ड हो ।

२३ वर्षिय श्रृंखलाले ललितपुरको पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पसबाट आर्किटेक्ट इन्जिनियरिङमा स्नातक गर्नुभएको छ । उहाँका बुबा विरोध खतिवडा नेकपाका केन्द्रिय सचिवालय सदस्य तथा सांसद हुनुहुन्छ भने आमा मुनु खतिवडा नेकपा मकवानपुरकी अध्यक्ष तथा प्रदेश सभा ३ कि सासंद हुनुहुन्छ । राजनीतिक पृष्ठभुमि र अध्ययनमा अब्बल भएका कारण पनि श्रृंखलाले मिस वर्ल्डमा नेपाललाई कुनै न कुनै उपाधि जिताउने आशा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू