अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२१ | Colorodo: 08:36

मन्त्रालयले बोलाएपछि राजदूत लक्की शेर्पा नेपाल फिर्ता

बिआरटीनेपाल २०७५ मंसिर २२ गते २:४५ मा प्रकाशित

आरोप र प्रत्यारोपबीच अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा परराष्ट्र मन्त्रालयले सोधपुछका लागि बोलाएपछि शनिबार नेपाल फिर्ताहुनुभएको छ अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि उहाँकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि अचानक विवादमा पर्नुभएको थियो । त्यसपछि मन्त्रालयले शेर्पाका विषयमा लागेको आरोपमाथि सत्यतथ्य बुझ्न मन्त्रालयले उहाँलाई काठमाडौं बोलाएको हो ।

छोटो समयमा कुतनीतिक मर्यादाभित्र शान र मान कमाउन सफल राजदूत शेर्पामाथि आफ्नै कामदारले यसरी पैसाको आरोप लगाउँदै सञ्चार माध्यममा सार्वजनिक अभिव्यक्ति दिएपछि यो विषय निकै गम्भीर बनेको हो । मोटो रकम असुलेर कामदारका रूपमा आफूलाई अस्ट्रेलिया ल्याएको र श्रीमतीलाईसमेत यता ल्याउन थप पैसा मागेका उनका पूर्वचालक वाड्चु शेर्पाले आरोप लगाउँदै आएका छन् । आमा क्यान्सरले गुमाएको र अहिले श्रीमतीलाई समेत जेल हालेर मार्न खोजेपछि बाध्य भएर आफू मिडियामा सार्वजनिक हुनुपरेको वाड्चु शेर्पाले बताएका छन् । राजदुतावासले भने निकै बदमास रहेका वाड्चु शेर्पाले बहुमूल्य गरगहना चोरेर भागेको र त्यहाँ स्थायी बसोबासका लागि बिभिन्न बहाना बनाउँदै झूठा आरोप लगाएको बताएको छ ।

बिभिन्न सञ्चारमाध्यममा राजदूतका विषयमा आरोप आउन थालेपछि मन्त्रालयले राजदूत शेर्पालाई काठमाडौं बोलाएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको आरोपका विषयमा स्वयम् राजदूतसँगै कुरा गरेर सत्य तथ्य पत्ता लगाउने र उहाँमाथि लागेको आरोपका विषयमा समेत जानकारी मागीने बताउनुभयो ।

यसैबीच राजदूत शेर्पाले पनि आफू काठमाडौं जान लागेको बताउनुभएको छ । मिडियामा एकोहोरो आरोप मात्र आउन थालेपछि यस विषयमा मन्त्रालयलाई जानकारी दिन आफु स्वयम् नेपाल जान लागेको राजदूत शेर्पाले बताउनुभयो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू