अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

ग्लोबल नेपाली फिल्म, म्युजिक, मिडिया तथा सोसल अवार्डमा अत्यधिक कलाकारहरूको सहभागिता हुने

बिआरटीनेपाल २०७५ मंसिर २१ गते १३:०६ मा प्रकाशित

नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तराष्ट्रियस्तरमा प्रवर्धन गर्दै सम्पूर्ण नेपाली तथा नेपाली भाषी मनहरूलाई एउटै मञ्चमा सम्मान र प्रोत्साहन प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको ग्लोबल नेपाली फिल्म,म्युजिक,मिडिया तथा सोसल अवार्ड २०१८ को तयारी अन्तिम चरणमा पुगेको छ।नयाँ वर्ष सन् २०१९ को अवसरमा लभ एण्ड सपोर्ट फाउन्डेसनको आयोजना तथा ग्लोबल नेपाली फिल्म एन्ड म्युजिक एल.एल .सी .को सहकार्यमा “नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिको पहिचान र प्रवर्धनका लागि हाम्रो सामूहिक अभियान” भन्ने नाराका साथ सम्पन्न हुन लागिरहेको सो समारोह अमेरिकामा यसरी एकै पटक चलचित्र ,सङ्गीत ,सञ्चार तथा सामाजिक क्षेत्रमा योगदान गर्नेहरूका लागी सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको सम्भवतः यो प्रथम तथा ऐतिहासिक हुने आयोजकहरूले बताएका छन् । 

आगामी डिसेम्बर २२ शनिवारका दिन नर्थ क्यारोलिनाको सुन्दर रानी सहर सार्लोटमा “ग्लोबल फिल्म,म्युजिक,मिडिया तथा सोसल अवार्ड २०१८ ‘ हुनेछ । अमेरिकामा छरिएर रहेका नेपाली तथा नेपाली भाषी कलाकार,स्रष्टा/सर्जक, अभियन्ता एवं सञ्चारकर्मीहरूलाई एकबद्ध गर्दै सम्मान एवं प्रोत्साहन गर्ने उद्देश्य सहित आयोजना हुन लागेको ग्लोबल नेपाली फिल्म, म्युजिक, मिडिया तथा सोसल अवार्ड २०१८ मा सहभागी हुन कलाकार/पत्रकार एवं समाजसेवीहरूले सहभागिता जनाउने प्रतिबद्धता जनाएपछि उक्त कार्यक्रम ऐतिहासिक हुने सम्भावना देखिएको हो । 

आयोजक संस्था लभ एण्ड सपोर्ट फाउन्डेसनका अध्यक्ष एवं अवार्ड वितरण समारोहका संयोजक मनोज राई, अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्घका महासचिव एवं लभ एण्ड सपोर्ट फाउन्डेसन कार्यक्रम निर्देशक तथा अवार्ड वितरण समारोहका संयोजक शिव विष्ट, कलाकार समन्वय समितिका संयोजक तथा चलचित्र निर्देशक शङ्कर घिमिरे तथा कार्यक्रम सञ्चालन समितिका संयोजक तथा सञ्चारकर्मी/कलाकार सरोज के.सी.का अनुसार यो कार्यक्रममा सहभागी हुन अमेरिकामा मात्र नभई क्यानडा, नेपाल, सिङ्गापुर, हंगकंग, बेलायत लगायतका देशहरूमा बसोबास गर्ने कलाकारहरू, भारत तथा भुटानी मूलका कलाकार, नेपालका प्रसिद्ध कलाकारहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति हुनेछ । हालसम्मको प्रगति विवरण अनुसार अत्यन्तै उत्साह पूर्णरुपले अघि बढी रहेको सो समारोहमा प्रमुख अतिथिको रूपमा अमेरिकाका लागि नेपाली राजदूत महामहिम डा.अर्जुन कुमार कार्कीको उपस्थिति रहने जनाइएको छ भने विशेष अतिथिको रूपमा महावाणिज्यदुत तथा वरिष्ठ लोक गाएक प्रेमराजा महत र महावाणिज्यदुत ऋषि प्रसाद ढकाललाई निम्त्याइएको छ । 

चर्चित सञ्चारकर्मी तथा कलाकार सरोज केसी र नायिका तथा सञ्चारकर्मी ऋचा घिमिरेको प्रमुख सञ्चालनमा सम्पन्न हुने सो समारोहमा चर्चित सञ्चारकर्मी जयप्रकाश रिजाल, युवा सञ्चारकर्मी देव भण्डारी लगायतका करिब एक दर्जन उद्घोषक/उद्घोषिकाहरुले कार्यक्रमलाई आकर्षक ढङ्गले सञ्चालन गर्ने छन् । सो समारोहमा विशेष अतिथिको रूपमा आवाजका दुनियाँका साथी, चर्चित सञ्चारकर्मी एवं चलचित्र निर्देशक दिनेश डी.सी., मेलोडी किङ्ग गाएक यम बराल सहितको कलाकारको समूह नेपालबाट आउने पक्का भएको छ । 

यसै गरी सो अवार्डमा सहभागी हुन चलचित्र निर्देशकहरू बन्नी प्रधान, नारायण पुरी, महेन्द्र बुढाथोकी, दिनेश कार्की, ईश्वर थापा, पुष्कर भट्ट, बाबुराम ढकाल, कृष्ण मुरारी ढुङ्गेल, प्रशन्न पौडेल, गोपाल चन्द्र लामिछाने, सुमन दाहाल तथा कृष्ण राज काफ्ले सहित गीतकारहरू रोशन पाल्पाली र भूपेन्द्र न्यौपाने लगायत नेपाली चलचित्रका नायकहरू गणेश उप्रेती, नीरज बराल, बिक्रान्त बस्नेत, मुकेश ढकाल, बाबु बोगटी, मुकेश आचार्य, सुधाँशु जोशी, किरण प्रताप केसी, दीपक त्रिपाठी सहित चर्चित नायिकाहरू सारंगा श्रेष्ठ, पूजा चन्द, उषा पौडेल, रञ्जना शर्मा सहित नृत्यङ्गना पार्वती राई समेतको आगमन निश्चित भएको छ ।

यसै गरी नेपाली गीत सङ्गीतको तर्फबाट चर्चित लोकदोहोरी गायक राम प्रसाद खनाल, चर्चित हास्य प्यारोडी गायक रतन सुवेदी, हास्य कलाकार नारायण त्रिपाठी र गायकहरू वसन्त खड्का, कन्हैया सिंह परिवार, विरही कार्की, भगवान् भण्डारी, पासाङ शेर्पा, राजु लामा, लक्ष्मण पौडेल, प्रदिप घिमिरे, प्रणय राणा ज. ब.रा. र चर्चित गायीकाहरु सपना श्री र अञ्जना गुरुङ, निशा सुनारले सहभागिता सँगै प्रस्तुति दिनेछन् । हाल सम्म अमेरिकामा आयोजित अन्य कार्यक्रमहरू भन्दा केही पृथक् र ठुलो सोचका साथ हुन लागेको यस कार्यक्रममा पर्यटनदुत तथा समाजसेवी राजा घले, डा. राम चन्द्र बराल, युवा राजनीतिज्ञ प्रदिप ढकाल, साहित्यकार ज्ञानेन्द्र गदाल, समाजसेवी प्रभु थापा तथा कलाकार समेत रहेका चर्चित समाजसेवी ध्रुव वन्त, अनु वन्त श्रेष्ठ, चर्चित खेलाडी उज्ज्वल ठकुरी र मोहन थापाले आफ्नो उपस्थिति देखाउने निश्चत भएको छ । साथै सञ्चारकर्मीहरू गुणराज लुइँटेल, किरण मरहट्टा, होम प्रसाद लम्साल, विजय थापा, सूर्य थापा, विश्वराज थापा, सुनिल मणि दाहाल, खेम भट्टचन, भरत बराइली, परशुराम भण्डारी लगायत दर्जनौँ पत्रकारहरू आउने जानकारी प्राप्त भएको छ ।

यसै गरी भुटानीमूलक नेपाली कलाकारहरूमा भुटानी प्रथम नेपाली गाएक प्रताप सुब्बा, किरण विश्व (अस्ट्रेलिया ),डम्बर खापुंग, अमर तुम्बापोसुब्बा, अर्जुन रसाइली, महेश थुलुङ, ढकाल ब्रदर, यन .के .ब्रदर, किरण गजमेर, कान्छीमाया सुब्बा, सुचिता गुरुङ, यन .बि . जे .के, जगत् जे .के, भुवन, भानु, निश्चल शर्मा, अनिश थापा, विकास थुलुङ, सन्तोष रामधाम, खेम रिजाल, दीपक विश्व, दीपक दशमी, प्रकाश दर्नाल, सुवास तामाङ नाइस, कर्ण वीर, केदार उप्रेती, रवि रिमाल, आरबि खड्का, प्रकाश घिमिरे, गोपी दाहाल, विनोद गुरुङ, क्रिस रिजाल लगायतको कलाकारको सहभागिता हुनेछ ।
ठुलो बजेटमा हुन लागेको यो कार्यक्रममा फिल्म, म्युजिक, मिडिया र सोसल विधामामा ख्याति कमाएका चार व्यक्तित्वलाई जीवनकाल उपलब्धि (लाइफ टाइम अचिभमेन्ट) पुरस्कारबाट सम्मानित पनि गरिदैछ । स्मरणरहोस सो समारोह सम्पन्न गर्नका लागि १७ सदस्सीय मूल समारोह समिति गठन गरिएको छ । मनोज राई र शिव विष्ट संयोजक रहेको सो समितिमा शङ्कर घिमिरे, सरोज के.सी., प्रशिम पौडेल, विनय अर्याल, भरत बराइली, सुनिल प्रधान, खर्क बस्नेत, उषा बस्नेत दुलाल, सञ्जीव दुलाल, केदार उप्रेती, हरि उप्रेती, एलिशा श्रेष्ठ, दुर्गा चौलागाई, नवीन गिरि र आइतराज खालिङ रहनु भएको छ भने सल्लाहकार समितिमा नासाका सभापति माधव ढकाल, डा. राम चन्द्र बराल, पर्यटनदुत राजा घले, साहित्यकार ज्ञानेन्द्र गदाल, वरिष्ठ लोक गाएक तथा सञ्चारकर्मी राम प्रसाद खनाल, चलचित्र निर्देशक नारायण पुरी, गायक वसन्त खड्का, समाजसेवी तथा व्यवसायी सी. के .पराजुली गाएक तथा समाजसेवी रोशन श्रेष्ठ, समाज सेवी हस्त प्रधान, डा. नरेश लावती, डी.जे खालिङ, दिलीप दाहाल, जिदन राई, प्रकाश अधिकारी गोर्खाली, टिका आचार्य, जय सुबेदी, हरि अधिकारी बंगले, बि .यम. खालिङ, राम गुरुङ र अदम गुरुङ रहनु भएको छ । साथै समारोहलाई भव्य सँग सम्पन्न गर्न स्वागत समिति र व्यवस्थापन समिति समेत गठन गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू