अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१७ | Colorodo: 17:32

रिमा गुरुङ होडाको ‘आँखाका जोर’ (भिडियो सहित)

बिआरटीनेपाल २०७५ मंसिर २१ गते १२:३१ मा प्रकाशित

रिमा गुरुङ होडाको आवाजमा ‘आँखाका जोर’ बोलको गीत सार्वजनिक भएको छ । सानतना रेकर्डसबाट बजारमा आएको उक्त गीतमा सङ्गीत प्रकाश गुरुङको रहेको छ । राजेन्द्र थापाको शब्द रहेको गीतको निर्माण ४० वर्ष अगाडीनै एउटा भिडियो फिल्मको लागी गरिएको भए पनि फिल्म नै प्रदर्शनमा नआएको कारण गीत पनि सार्वजनिक हुन पाएको थिएन ।

कहिल्यै कसैलाई पनि आफ्नो सङ्गीतमा रहेको गीत गाउनको लागी आग्रह नगर्ने प्रकाश गरुङ्गले छोरी रिमासँग यो गीत गाउन भने पछि गीतले मूर्त रूप पाएको हो । सचिन सिंहको सङ्गीत संयोजन रहेको गीतको भिडियोको निर्देशन तथा सम्पादन नेपाल आइडल जस्ता लोकप्रिय कार्यक्रमका निर्देशक समेत रहेका लोकेश बज्राचार्यले गरेका हुन,बज्राचार्यले थुप्रै नेपाली सिनेमा तथा म्युजिक भिडियोको सम्पादन गरिसकेका छन् ।

हरि हुमागाईंको छायाङ्कन रहेको भिडियोको सहायक निर्देशक रविन श्रेष्ठ हुन भने निशिला शाक्यको कोरियोग्राफिमा साक्षी लम्सालले अभिनय गरेका छन् ।

प्रतिक्रिया