अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२८ | Colorodo: 22:43

अमेरिकामा नेपाली युवामाथि गोली प्रहार

बिआरटीनेपाल २०७५ मंसिर २१ गते ९:०८ मा प्रकाशित

अमेरिकाको टेक्सासमा एक नेपालीमाथि गोली प्रहार भएको छ । टेक्सासको ब्रायनमा रहेको ग्यास स्टेशनमा काम गर्दै आएका ३१ बर्षीय बिनोद जेठारामाथि ग्यास स्टेशनमा नै गोली प्रहार भएको हो । घाइते बिनोदको उपचारका लागि आर्थिक संकलन गर्न गोफण्डमीमा २० हजार डलरको लक्ष्यसहित अभियान संचालन गरिएको छ । घाइते जेठाराको अवस्था गम्भीर रहेको जनाइएको छ । धनगढीका जेठारा टेक्सासको ब्रायनमा रहेको उक्त ग्याँस स्टेशनमा विगत एकबर्षदेखि काम गर्दै आएका थिए । सोमबार स्टोर खोल्न गएका बेला बन्दुकधारीले उनीमाथि गोली हानेको थियो ।

गोली हान्नुको कारण अहिलेसम्म खुलेको छैन् । छातीमा गोलीका लागेका जेठाराको स्थानीय सेन्ट जोसेफ अस्पतालमा उपचार भइरहेको छ । जेठाराकी श्रीमती र छोरी अमेरिका आउने प्रक्रिया रहेका छन् । अमेरिकाका विभिन्न स्टोर र ग्यास स्टेशनमा नेपालीहरु बन्दुकधारीहरुको शिकार बन्दै आएका छन् । ग्यास स्टेशनमा नेपालीहरुले ज्यान गुमाउने गरेको तथ्यांक समेत डरलाग्दो रहेको छ ।

एक अध्ययनका अनुसार सन् २००४ देखि २०१८ अर्थात् १४ बर्षमा कम्तीमा १४ नेपालीले ग्यास स्टेशन वा कन्भिनेन्स स्टोरमा काम गरिरहेका बेला ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू