अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 10:38

प्रहरी र फरार अभियुक्तबीच रातोपुलमा गोली हानाहान, राजन लिम्बू पक्राउ

बिआरटीनेपाल २०७५ मंसिर २१ गते ९:०५ मा प्रकाशित

प्रहरीको खोजी सूचीमा रहेका फरार अभियुक्त राजन लिम्बू पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महशाखाको टोलीले शुक्रबार पक्राउ गर्न खोज्दा रातोपुलमा दोहोरो गोली हानाहान भएको थियो ।

महाशाखाका प्रमुख एसएसपी धिरजप्रतास सिंहले पक्राउ गर्न खोज्दा लिम्बूले गोली चलाएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको बताउनुभयो । प्रहरीको गोली लागेका लिम्बूलाई ट्रमा सेन्टरमा उपचारमा राखिएको छ । एसएसपी सिंहका अनुसार उनको तिघ्रामा गोली लागेको छ ।

लिम्बू २०७३ फागुन १५ गते झापाको काँकडभिट्टास्थित एक सहकारी संस्थाबाट १ लाख डकैतीका मुख्य प्रतिवादी हुन् । गत मंसिर १२ गते इटहरीस्थित एक्टिभ मनि ट्रान्सफर कम्पनीका सविन दाहाललाई छुरा प्रहार गरी ३ लाख लुटेको आरोपमा पनि उनी प्रहरीको खोजी सूचीमा थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू