अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३८ | Colorodo: 05:53

‘ओली गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री’

बिआरटीनेपाल २०७५ मंसिर २१ गते ९:०० मा प्रकाशित

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्रीको संज्ञा दिनुभएको छ । शाही युवा शक्तिले आगामी पुस १ गते काठमाडौंमा गर्न लागेको विशाल मोटरसाइकल –र्यालीको बारेमा जानकारी दिन शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खड्काले वर्तमान सरकारका प्रधानमन्त्री सक्रिय राजतन्त्रभन्दा सयौं गुणा निरंकुश बनेको आरोप लगाउनुभयो ।

खड्काले भन्नुभयो े, ‘वर्तमान शासन सत्ता जनताको भावनाविपरित चलेको छ, गणतन्त्रभन्दा सक्रिय राजतन्त्र एकदमै जनपक्षीय थियो, सरकारले राष्ट्र, राष्ट्रियता र धर्मलाई डलरमा बिक्री गरेको छ, नेपाली जनताले आफ्नो धर्म, राष्ट्र र राष्ट्रियताका बारेमा गम्भीर बन्नुपर्ने स्थिति आएको छ, यो बेलामा पनि जनताहरु जाग्न सकेनन् भने देश अब रहिरहन सक्दैन् ।’

वर्तमान सरकार र सरकारका मन्त्रीहरुका क्रियाकलापलाई जनताले अस्वीकार गरेको दाबी गर्दै अध्यक्ष खड्काले भन्नुभएको छ, ‘देशमा राजतन्त्र चाहिन्छ, अहिलेका नेताहरुभन्दा राजा कयौं गुणा ठिक रहेछन् भन्ने जनताले महशुस गरिसकेका छन्, गणतन्त्रले जनताको भलाई गर्न सकेन । सत्ता, शक्ति र सम्पतिको लागि नेताहरुले देश र जनतालाई लिलाम गर्दैछन्’ ।
पहिलो पटक १९१० मा जंगबहादुर राणा र दोस्रोपटक २०२० सालमा राजा महेन्द्र शाहको पालामा बनेको मुलुकी ऐनको सम्झनामा शाही युवा शक्तिले आउँदो पुस १ गते विशाल मोटरसाइकल (यालीको आयोजना गरेको बताउँदै अध्यक्ष खड्काले पाँच विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला कायम राख्ने र राजतन्त्रात्मक शासन व्यवस्थाका आधारमा मुलुकलाई विकसित र आत्मनिर्भर बनाउने आफुहरुको लक्ष्य रहेको बताउनुभयो ।

पुस १ गते गणतन्त्रको बिरुद्धमा मानिसहरु सडकमा आउने भन्दै जनता राष्ट्र र राजसंस्थाको बारेमा बुझ्ने भइसकेको र नेताभन्दा राजा नै राष्ट्रवादी, निःस्वार्थी र जनपक्षीय रहेछन् भन्न थालेको उहाको दावी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू