अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०५ | Colorodo: 13:20

जर्मनीमा एक युगको अन्त्य – एन्जेला मर्केलले पार्टी नेतृत्व त्याग्ने घोषणा गर्दै

बिआरटीनेपाल २०७५ मंसिर २१ गते ८:४५ मा प्रकाशित

जर्मन चान्सलर एन्जेला मर्केलले दुई दशकसम्मको पार्टी नेतृत्वबाट विश्राम लिँदै शुक्रबार पार्टीको नेतृत्व त्याग्ने घोषणा गर्दै हिुनुहुन्छ । पार्टी नेतृत्वका लागि मर्केलका अनुयायी र लामो समयदेखिका उहाँका आलोचकबीच प्रतिस्पर्धा हुँदैछ । यस प्रतिस्पर्धाको नतिजा सन् २०२१ सम्म चान्सलर पदमा रहने वा नरहने भन्ने विषयमा ६४ वर्षीया मर्केलका लागि निर्णायक हुनेछ । उहाँले यसअघि नै सन् २०२१ बाट राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको थियो ।

आप्रवासी र शरणार्थीका बारेमा नरम नीति अख्तियार गरेको भनी आलोचनाका साथै सोही कारण पछिल्ला समयमा भइरहेका चुनावमा पराजय भएसँगै मर्केलमाथि क्रिस्चियन डेमोक्रेटिक पार्टी (सीडीयू) छाड्ने दबाब बढेको हो । मर्केलले सन् २००५ देखि जर्मनीको नेतृत्व गरिरहनुभएको छ र पार्टी एवं देशलाई युरोप र विश्वकै राजनीतिक केन्द्रका रुपमा उभ्याउनुभएको छ ।

दुईजना मुख्य प्रतिस्पर्धीहरु सीडीयूका उपप्रमुख आन्नीग्रेट क्राम्प–कारेन्बर (एकेके भनेर चिनिने) र कर्पोरेट वकील फ्रेड्रिक मर्जमाथि मर्केलको पदचिन्ह पछ्याउने वा त्याग्ने भन्नेमा विवाद र बहस जारी छ । तेस्रो प्रतिस्पर्धीका रुपमा रहेका स्वास्थ्यमन्त्री हेन्स स्पान्ह भने निकै पछि रहेका छन् । उनी चान्सलर मर्केलका कटु आलोचक समेत हुन् । उनले जर्मनीमा दश लाखभन्दा बढी आप्रवासी र शरणार्थीलाई जर्मनीमा स्वागत गर्ने मर्केलको नीतिमाथि खुलेरै आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू