अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४८ | Colorodo: 12:03

गृहमन्त्री र आइजीपीको राजीनामा माग्दै विवेकशील साझा पार्टीद्धारा प्रदर्शन

बिआरटीनेपाल २०७५ मंसिर २१ गते ८:४३ मा प्रकाशित

निर्मला पन्त हत्याको विरोध गर्दै आज विवेकशील साझा पार्टीले विरोध प्रदर्शन गरेको छ । राजधानीको माइतीघरमा आयोजना गरिएको प्रदर्शनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आइजीपी सर्वेन्द्र खनालको राजीनामा समेत मागिएको छ ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्यारा ४ महिना वितिसक्दा समेत पत्ता नलगाइएको भन्दै प्रदर्शनकारीहरुले न्यायका लागि नाटक मञ्चन समेत गरेका थिए । प्रदर्शनकारीहरुले उक्त हत्याकाण्डको अभियुक्त राज्यले नै लुकाएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू