अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०७ | Colorodo: 22:22

प्रतिपक्षी दल जस्तो नबन्न पत्रकारहरुलाई अर्थमन्त्री खतिवडाकोे आग्रह

बिआरटीनेपाल २०७५ मंसिर २१ गते ८:४१ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिपक्षी दलजस्तो नबन्न आर्थिक पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को चौथो महासभा उद्घाटन गर्दै मन्त्री खतिवडाले प्रतिपक्षी दल जस्तो भूमिका नदेखाउन आर्थिक पत्रकारहरुलाई आग्रह गर्नुभएको हो ।

सरकारका कमजोरी देखाइदिने तथा सचेत गराउने काम राम्रो भएको तर, सधै प्रतिपक्षी दलजस्तो राम्रोलाई पनि नराम्रो लेख्ने परिपाटी ठीक नभएको उहाको भनाई थियो । नराम्रो मात्रै देख्ने र व्यक्ति विशेषलाई ध्यान दिएर मिडिया चलाउनुको कुनै अर्थ नहरेको उल्लेख गर्दै उहाँले प्रेस स्वतन्त्रता र आर्थिक पत्रकारको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न अर्थमन्त्रालय र आफू सँधै तयार रहेको समेत बताउनुभयो ।

सरकारले गरेको गल्ती देखाउने पत्रकार नै भएको तर, पत्रकारले गरेको गल्ती कसैले नदेखाउने भन्दै मन्त्री खतिवडाले पत्रकारले गल्ती नै गर्न नहुने धारणा राख्नुभयोे । उहाँले सबै पत्रकारहरुको हकहितको सुरक्षणका लागि सधै अग्रसर हुन संघलाई आग्रह समेत गर्नुभएको छ । पत्रकारितामा विज्ञापन दातालाई गाली गर्न नसक्ने र निरीहलाई मात्रै गाली गर्ने चलन रहेको भन्दै त्यस्तो बेतिथि तोड्न समेत संघलाई उहाको आग्रह थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू