अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

अन्तःशुल्क स्टिकर छपाई विदेशी कम्पनीलाई दिने सरकारको निर्णय

बिआरटीनेपाल २०७५ मंसिर २१ गते ८:३८ मा प्रकाशित

सरकारले नेपाली कम्पनीसँग क्षमता नभएकाले अन्तस्शुल्क स्टिकर छपाई विदेशी कम्पनीलाई दिनुपरेको स्पष्ट पारेको छ । राजस्व सचिव शिशिरकुमार ढुंगानाले नेपाली छपाई कम्पनीसँग आवश्यक क्षमता नभएका कारण अन्त शुल्क स्टिकर छपाई विदेशी कम्पनीलाई दिनुपरेको प्रष्ट पार्नुभएको हो । शुक्रबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले स्वदेशी कम्पनीलाई नै सो स्टिकर छपाईको काम किन नदिएको भन्ने प्रश्न गरेपछि उहाँले नेपालको छपाई कम्पनीसँग क्षमता नरहेको जवाफ दिनुभएको हो ।

राजस्व सचिव ढुंगानाले अन्तःशुल्क स्टिकर संवेदनशील बस्तु भएकाले यसको सुरक्षालगायतको उचित व्यवस्थालाई ध्यानमा राखेर विदेशी छपाई कम्पनीलाई दिनुपर्ने बाध्यता रहेको पनि स्पष्ट पार्नुभयो । सरकारले यो वर्ष पनि इन्डोनेसियाको छपाई कम्पनीलाई अन्तस्शुल्क स्टिकर छपाईको काम दिएपछि स्वदेशका छपाई कम्पनीहरुले त्यसको विरोध गर्दै सार्वजनिक लेखा समितिमा उजुरी दिएका थिए । राजस्व सचिव ढुंगानाले नेपालमा सो स्टिकर छपाउनका लागि आवश्यक प्रविधि समेत नरहेको दावी गर्नुभयो ।

राजस्व सचिव ढुंगानाले मदिराबाट उठने वार्षिक ५७ अरब बराबरको राजस्व अपचलन हुन नदिन पनि सरकारले अन्त शुल्क स्टिर छपाईलाई व्यवस्थित बनाउन विदेशी कम्पनीलाई दिनु परेको पनि समितिलाई जानकारी गराउनुभयो । समितिका सदस्यहरुले छपाईको काममा समेत विदेशी कम्पनीबाट सरकारले कमिशन खाने गरेको आरोप पनि लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू