अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 03:20

भ्रष्टाचार मुद्दामा पूर्वआईजीपी मोतिलाल बोहोरालाई सफाइ

बिआरटीनेपाल २०७५ मंसिर २० गते ९:२७ मा प्रकाशित

सर्वोच्च अदालतले पूर्वप्रहरी प्रमुख(पूर्वआईजीपी) मोतीलाल बोहोरालाई भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको छ । बिहिबार न्यायाधीश सारदा प्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै उहाँलाई सफाइ दिएको हो ।

विशेषले बोहोरालार्ई २०६८ सालको चैतमा सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै कैद र जरिवाना सुनाएको थियो । विशेषका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्कीसहितको इजलासले २६ लाख ८२ हजार बिगो बमोजिम जरिवाना र डेढ वर्ष कैदको फैसला सुनाएको थियो ।

२०६९ सालमा विशेषको फैसलाविरूद्ध बोहोराले सर्वोच्च अदालतमा पुनरावेदन दिनुभएको थियो । सोही पुनरावेदनमाथि फैसला गर्दै सर्वोच्चले उहाँलाई सफाइ दिएको हो । सरकारी ओहोदामा रहँदा २ करोड ३८ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले बोहोराविरूद्ध १४ वर्ष अघि मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू