अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३५ | Colorodo: 14:50

सिंहदरबारको भ्रष्टाचार गाउँमा नल्याऔं – डा. बाबुराम भट्टराई

बिआरटीनेपाल २०७५ मंसिर २० गते ९:२१ मा प्रकाशित

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सिंहदरबारमा रहेको भ्रष्टाचार रोग गाउँमा नल्याउन स्थानीय तहका जनप्रतिनिधिलाई सचेत गराउनुभएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको विशेष नगरसभालाई विहिबार सम्बोधन गर्दै भट्टराईले सिंहदरबारको अधिकार गाउँमा पुग्नुपर्नेमा भ्रष्टाचार प्रवृत्ति गाउँमा पुगेको जनगुनासो आएको बताउनुभयो ।

‘सिंहदरबार चैं गाउँमा र्पुयाउने भनेको तर कतिपय अवस्थामा सिंहदरबारमा थुप्रिएर, गुम्सिएर रहेको भ्रष्टाचार गाउँमा गयो भन्ने छ । त्यो रोग चैं नल्याउनुहोला । राम्रो कुरा सिक्ने हो । नराम्रा कुरा सिक्ने होईन’ भट्टराईको भनाई छ । उहाँले मुलुकको संघीयतालाई असफल पार्नका लागि हाल संघीयता विरोधी समुहले स्थानीय तहमा ‘मनपरी भइरहेको, मनलाग्दो कर असुल गरिरहेको’ भन्दै संघीयताप्रति नकरात्मक प्रचार गरिरहेकोतर्फ सचेत रहन आग्रह गर्नुभयो ।

‘स्थानीय तहले त्यस्तो उत्पात गरेजस्तो लाग्दैन। दुरुपयोग त केन्द्रमा पनि छ । संघीयता र स्थानीय तह भनेको भर्खर जन्मेको बच्चा हो,’ भट्टराईले भन्नुभयो– ‘फोहोर र्गयो भन्दैमा नानीलाई फ्याक्दिने होईन, सफा गरेर जानुपर्छ । तर, त्यही वहानामा संघीयतालाई नै फाल्दिने जालमा फस्नु हुँदैन।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू