अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५९ | Colorodo: 12:14

सात दिनभित्रमा मुलुकको राजनीतिक संकट समाधान गर्छु – सिरिसेना

बिआरटीनेपाल २०७५ मंसिर २० गते ९:२० मा प्रकाशित

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सात दिनभित्रमा मुलुकको राजनीतिक संकट समाधान गर्ने आश्वासन दिनुभएको छ । आफुले नियुक्त गरेका प्रधानमन्त्री महेन्दा राजापाक्षे र मन्त्रिपरिषद्लाई अदालतले काम गर्ने अधिकार नभएको फैसला सुनाएपछि राष्ट्रपति सिरिसेनाको यस्तो आवश्वासन आएको हो । गत सोमबार एउटा पुनरावेदन अदालतले अन्तरिम आदेश दिँदै तत्काल प्रधानमन्त्रीका रूपमा काम नगर्न राजापाक्षेलाई आदेश दिएको थियो । वैधानिकता नपाउँदासम्म राजापाक्षे र उहाँको मन्त्रिपरिषद्लाई काम गर्ने अधिकार नभएको अदालतले स्पष्ट पारेको छ ।

राजापाक्षेलाई काम गर्न दिएमा मुलुकमा अपूरणीय क्षति हुन सक्ने देखिएकाले काम गर्न रोक लगाउनु पर्ने अदालतको ठम्याइ छ । एक वक्तव्य जारी गर्दै राष्ट्रपति सिरिसेनाले देशको हितलाई ध्यानमा राखेर निर्णय गर्नुपर्नेमा जोड दिँदै आफूले त्यसै उपाय खोजेको बताउनुभयो । मुलुक अहिले राजनीतिक सङ्कटमा पुग्नुमा आफूलाई दोषी ठानिएको प्रति असहमति राख्दै उहाँले आफू दोषी नभएको दाबी गर्नुभयो ।

राष्ट्रपति सिरिसेनाले अहिलेको अवस्था आउनुमा तत्कालीन प्रधानमन्त्री विक्रमासिङ्घे नै दोषी रहेको किटान गर्नुभएको छ । अहिलेको राजनीतिक सङ्कट एक हप्तामा समाधान हुनेछ, यो पूरै समाधान हुनेछ, मैले तपाई र तपाईको मातृभूमिका लागि राम्रो हुने काम नै गर्नेछु राष्ट्रपति सिरिसेनाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू