अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३४ | Colorodo: 07:49

मैले जवाफ दिँदा बुद्धिजीवीहरू थला पर्नुहुन्छ, म थला पार्न चाहन्नँ – प्रधानमन्त्री ओली (भिडियोसहित)

बिआरटीनेपाल २०७५ मंसिर २० गते ९:१६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवीहरूलाई आफूले अपमानजनक ढंगले जवाफ दिएर थला पार्न नचाहेको प्रष्ट पार्नुभएको छ । नेपाल टेलिभजनबाट प्रशारण हुने जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले जवाफ दिएरै बुद्धिजीविहरुलाई थला पार्न नचाहेको बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले केही बुद्धिजीवीको टिप्पणी अत्यन्तै असभ्य र तल्लोस्तरको भएको भन्दै आफूले त्यस्तालाई जवाफ दिएर नबस्ने आशय व्यक्त गर्नुभयो ।


यस्तो छ प्रधानमन्त्री ओलीको भनाई
कुनै कुनै बुद्धिजीवीहरूका टिप्पणी अत्यन्तै असभ्य, तल्लो स्तरका देख्छु। त्यस्ता बुद्धिजीवीहरूलाई एक पटक मसँग पहिले सञ्चार माध्यममा आउनुभन्दा अगाडि, किनभने जवाफ दिँदा उहाँहरू थला पर्ने सम्भावाना हुन्छ। त्यसकारण म थला पार्न चाहन्नँ। उहाँहरूलाई म जान्दछ ु। त्यसकारण मसँग एक पटक उहाँहरूले वादविवाद गर्न अथवा मसँग सत्यहरूको सम्बन्धमा बहस गर्न इच्छा गर्नु भएको हो कि होइन ? म उहाँहरूलाई सोध्न पनि चाहन्छु, उहाँहरूका असलीयतहरू, जस्ता असभ्य ढंगले उहाँहरूले बोल्नु पनि भएको छ। त्यसमा अलिकती असलीयतहरू बाहिर आउँदा के हुन्छ ? अलिक विचार गरे हुने हो। मलाई कति मात्र भन्न मन छ भने सरकारकै भत्ता खाने पेन्सन खाने सुविधा लिने, अनि जथाभावी गैरजिम्मेवार ढंगले बोल्ने प्रवृत्ति एउटा, गोपनीयताहरूको वास्ता नगर्ने प्रवृत्ति अर्को। यस्ता प्रवृत्तिहरू र अत्यन्त अनुत्तरदायी र झुटो प्रचार गर्ने, अर्को मैले देखेको छु। यस्तो भएको हुनाले, त्यो त किनेको जस्तो पारिश्रमिक जस्तो यस्तो गरेर यस्तो भएको भन्ने अत्यान्त अपमानजनक ढंगले म जवाफ दिइरहन चाहन्नँ। तर उहाँहरूलाई म सोधी चै रहन्छु । जवाफ दिउँ ?’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू