अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४९ | Colorodo: 11:04

एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक, विदेशी कमेन्टेटर आउने

बिआरटीनेपाल २०७५ मंसिर २० गते ९:१३ मा प्रकाशित

आगामी शनिबारदेखि काठमाडौंमा शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । साथै प्रतियोगिताको तेस्रो संस्करणमा विदेशी कमेन्टेटर आउने भएका छन् । त्रिवि क्रिकेट मैदानमा सुरु हुने एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको विजेता ट्रफी सार्वजनिक कार्यक्रममा विदेशी कमेन्टेर आउने जानकारी गराइएको हो ।

यसअघि बुधवार मात्र आयोजकले ६ जना चियर्स लिडर्स सार्वजनिक गरेको थियो । आगामी पुस ७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने इपिएलमा ६ टोलीले प्रतिस्पर्धा गर्ने निर्देशक आमिर अख्तरले जानकारी दिनुभयो । प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियर्स र पोखराले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई आन्र्ताष्ट्रिय क्रिकेट परिषद् ‘आइसिसी’ले मान्यतासमेत दिइसकेको छ ।

मंसिर २२ मा साविकको विजेता पारस खड्काको टोली विराटनगर वारियर्शले ज्ञानेन्द्र मल्लको टोली ललितपुर प्याट्रियोट्ससँग खेल्दै प्रतियोगिताको सुरूवात गरिनेछ । सोमपाल कामीको काठमाडौं किंग्स एल्यावेन, शरद भेषावकरको भैरहवा ग्लाडियटर्स, शक्ति गौचनको पोखरा राइनोज् र दीपेन्द्रसिंह ऐरीको चितवन टाइर्गस प्रतियोगितामा सहभागी छन् । प्रतियोगिताको उपाधि पुस ७ गते छिनोफानो हुनेछ । जारी संस्करणमा फ्रेन्चाइजी टोलीहरुले राम्रा विदेशी खेलाडीहरु अनुबन्ध गरेका कारण प्रतियोगिता प्रतिक्षित बन्नुका साथै प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया