अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०८ | Colorodo: 07:23

न्यूनतम पारिश्रमिक नदिने रोजगारदातालाई कारबाही गर्ने मन्त्री विष्टको चेतावनी

बिआरटीनेपाल २०७५ मंसिर २० गते ९:०० मा प्रकाशित

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको न्यूनतम् पारिश्रमिक नदिने संस्था र रोजगारदातालाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । आज राजधानी काठमाण्डुमा भएको पाँचौं राष्ट्रिय सम्मेलनमा उहाँले कर्मचारी र श्रमिकलाई न्यूनतम् पारिश्रमिक नदिइए सरकारलाई सूचना दिन आग्रह गर्दै त्यस्ता रोजगारदातालाई कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो ।

सरकारले भर्खर लागू गरेको सामाजिक सुरक्षा कोषको दायरामा सबैलाई समेटिने भन्दै मन्त्री विष्टले सबै लाभान्वित हुनेगरी कार्यविधि ल्याइने बताउनुभयो । कार्यक्रममा सहभागीले निजामती क्षेत्रमा पेन्सनको व्यवस्था सरकारले नै हटाउन लागेको अवस्थामा सामाजिक सुरक्षा योजना कायान्वयन हुनेप्रति शंका व्यक्त गरेका थिए । विभिन्न ट्रेड युनियनका प्रतिनिधिले सामाजिक सुरक्षा कोषका कारण रोजगारदातालाई १ दशमलव ६७ प्रतिशतमात्र भार थपिने भन्दै यो कोषले सबैको भविष्य सुनिश्चित भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू