अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

सत्बीज छरी बालाचतुर्दशी मनाइयो

बिआरटीनेपाल २०७५ मंसिर २० गते ८:५९ मा प्रकाशित

हिन्दू धर्मावलम्बीहरुले आज आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामनामा सत्बीज छरी बालाचतुर्दशी मनाएका छन् । देशभरका शिव मन्दिर परिसरमा दर्शनार्थीले बिहानैदेखि सत्बिज छरिरहेका छन् । पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा वर्षभरी दिवंगत भएका आफन्तको सम्झनामा सतबीज छर्न देशभरबाट ठूलो सङ्ख्यामा भक्तजन जाने गर्दछन् ।

प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशी अर्थात् आजैका दिन छरेको सतबीज दिवंगत भएका आफन्तले पाउँछन् भन्ने धार्मिक विश्वास छ । बिहान सबेरैदेखि सतबीज अर्थात् जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मूला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा छर्दैै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गरिन्छ ।

भगवान् शिव मृगरुप लिएर घुम्नु भएको पूण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पूण्य मिल्ने र दिवंगत आत्माले मुक्ति पाउने जनविश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू