अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

सरकारले केही काम गरेन भन्नु पूर्वाग्राहः नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ मंसिर २० गते ८:५३ मा प्रकाशित

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले केही काम गरेन भन्नु पुर्वाग्राह हुने बताउनुभएको छ । भैरहवामा बिहीबारदेखि सुरु भएको सातौं लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले अपेक्षाकृतरुपमा सरकारका काम कारवाहीहरु संचालन नभइपनि केही गर्दै नगरेको भने नभएको बताउनुभयो । सरकारले गरेको काम कति राम्रो र कति नराम्रो भन्ने विषयमा आफूहरु समीक्षा गर्न तयार रहेको उहाको भनाई छ ।

बर्तमान सरकार दिगो र स्थायी सरकार भएकोले आउने ४ वर्षमा धेरै काम गर्न सकिने उल्लेख गर्दै उहाँले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । ‘सरकारले अलिकति ढिलो काम र्गयो भनेर केही राजामहाराज भनाउँदाहरु नाच्दै हिंडिरहेका छन् भने कतिपय विदेशीसँग हारगुहार माग्न समेत गइरहेका छन’, अध्यक्ष प्रचण्डको भनाई थियो ।
मुलुक विगतको तुलनामा धेरै राम्रो स्थितिमा रहेको भन्दै उहाँले आर्थिक समृद्धितर्फ लैजान सबैको ध्यान केन्द्रीत हुनुपर्ने बताउनुभयो । निजी क्षेत्रलाई साथमा नलिइकन सरकारले लिएका लक्ष्यहरु पुरा गर्न नसक्ने प्रचण्डको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नेकपाका नेता एवं सांसद घनश्याम भुषालले सरकारको गलत कामको आलोचना गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले गरेका राम्रा कामहरुको समर्थन गर्न पनि आग्रह गर्नुभएको छ । पर्यटन, कृषि र उद्योगको विकास,राष्ट्रिय सम्वृद्धिको आधार भन्ने नाराका साथ सुरु भएको महोत्सव पौष १ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू