अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

निर्मला पन्त हत्या प्रकरण– छिमेकी प्रदीप रावलद्धारा हत्या गरेको स्विकार, हत्यामा संलग्नताको आरोपमा कञ्चनपुरबाट थप दुई जना पक्राउ

बिआरटीनेपाल २०७५ मंसिर २० गते ८:४६ मा प्रकाशित

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन् । केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग हत्या स्वीकार गरेका हुन् । गएराति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले घटना स्वीकार गरेको सीआईबी स्रोतले बताएको छ ।

सीआईबीले रावलसँग गएराति १० बजेदेखि बिहान २ बजेसम्म बयान लिएको थियो । सोही क्रममा रावलले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका हुन् । घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ । यसको रिपोर्ट भने भोली शुक्रबार मात्र आउने छ । निर्मलाको न्यायका लागि देशभर प्रदर्शन चर्किएपछि आईजीपी खनाल स्वयंको उपस्थितिमा आरोपितको बयान लिनेक्रम सुरु भएको हो ।

रावलसँगको बयानपछि कञ्चनपुरबाट थप केही व्यक्तिलाई पक्राउ गरिएको छ । उनीहरुलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । तर, आवश्यक अनुसन्धानपछि उनीहरुलाई बिहिवार साँझ नै छाडिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको स्विकारेका निर्मलाका छिमेकी रावलका बुबाआमा भारतमा बस्दै आएका छन् । निर्मलाको शव भेटिएको दिनदेखि बेपत्ता भएका रावल चार महिनासम्म भारतमै बसेको र केही दिनअघि मात्र काठमाडौं आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो ।

रावललाई महाराजगञ्ज वृत्तमा राखेर अनुसन्धान भइरहेको स्रोतको दाबी छ । गएरातिको साविति बयानमा आईजीपी खनालका साथमा सिआईबी प्रमुख डीआईजी निरजबहादुर शाहीलगायत सहभागी हुनुहुन्थ्यो । सीआईबी स्रोतले रावलमाथिको थप अनुसन्धान डीएनए रिपोर्ट आएपछि हुने जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू