अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२२ | Colorodo: 10:37

फिनल्याण्डमा खनालको कविता वाचन

बिआरटीनेपाल २०७५ मंसिर १९ गते २२:३७ मा प्रकाशित

फिनल्यान्ड, गीतकार तथा कवि पुष्पा खनालले फिनल्याण्डको कुपिओमा अङ्ग्रेजीमा गीत र कविता सुनाइन् । उनको एकल गीत तथा कविता वाचन कार्यक्रममा स्रष्टा खनालले मैले पुज्ने देव तिमी, चाहेर तिमीलाई पाउन सकिन, दाग कति राम्रो, आउँदा जाँदा बाटो परे जस्ता उनका गीत र आमा, गुलाब र म, नारी, हे विष आफूले आफैँलाई पिएर हेर लगायत दर्जन गीत र कविता वाचन गरेकी थिइन् । 

खनाल नेपालकी उदयमान गीतकार तथा कवि हुन । अन्जु पन्तले गाएको उनको गीत सुने तिम्रो खुसी सन् २०१७ मा पिआरविटीतर्फ सर्वाधिक रोयल्टी पाउने गीत भएको थियो । खनालको गीत तथा कवितामा ममता, स्नेह साथै विद्यमान संसारसँगको विद्रोह भेटिन्छ ।

उनको गीत तथा कवितामा स्थानीय सङ्गीतकार टोनी लेतो र पेते रिसेनले सङ्गीत दिएका थिए । उपस्थित फिनिस नागरिकले कविता तथा गीतले नेपाललाई बुझ्न निकै सहयोग गरेको बताएका थिए ।

कविता तथा गीत वाचन कार्यक्रम स्थानीय माउण्ट शेर्पा रेस्टुराँमा भएको थियो । उनका कविता सुन्न करिब नेपाली र फिनिस गरी करिब ४० नागरिक भेला भएका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू