अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

२५ करोड घोटालामा मुछिएका खानेपानी संस्थानका महानिर्देशक जिम्मेवारीबाट मुक्त

बिआरटीनेपाल २०७५ मंसिर १९ गते ८:३८ मा प्रकाशित

खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई हटाइएको छ । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले बुधबार प्रसादलाई जिम्मेवारीबाट हटाउनुभएको हो । मन्त्रालयसँग कार्यसम्पादन करार गर्न अटेरी गरेको,घोटलामा मुछिएको, कर्मचारी आन्दोलनको व्यवस्थापन नगरे भन्दै उनलाई जिम्मेवारीबाट मुक्त गराइएको मन्त्रालयको उच्च स्रोतले जनाएको छ ।

तत्कालका लागि मन्त्रालयका उपसचिव लिलानाथ ढकाललाई महाप्रबन्धको जिम्मेवारी दिने निर्णय भएको मन्त्रालयल स्रोतले जनाएको छ । भूपेन्द्र प्रसादलाई बुटवल र नेपालगन्ज खानेपानीको पाइप खरिदमा २५ करोड रुपैयाँ घोटला गरेको आरोप लागेको छ ।

प्रसादलाई खानेपानी संस्थानका विभिन्न २४ वटा शाखालाई एकलौटी ढंगले ८५ करोड रुपैयाँ विनियोजन गरेको आरोप समेत लागेको छ । यसअघि खानेपानी मन्त्रालयका कानुन शाखाका उपसचिव गुणराज श्रेष्ठको नेतृत्वमा २५ करोड घोटलाको छानबिन समिति गठन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू