अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९ | Colorodo: 00:14

चौधरी ग्रुपको स्वामित्वमा रहेको रुवान्डाको फाइभ स्टार होटल लिलामीमा

बिआरटीनेपाल २०७५ मंसिर १९ गते ८:३६ मा प्रकाशित

नेपालको प्रतिष्ठित घराना चौधरी समूहको लगानी रहेको रुवान्डाको फाइभ स्टार होटल उबुम्बे ग्राण्ड लिलामीमा जाने भएको छ । १ करोड ८० लाख डलर बुझाउन बाँकी भएपछि रुवान्डाको केसिबी बैंकले उबुम्बे होटल लिलामीका लागि प्रक्रिया अघि बढाएको हो ।

शेयर सदस्यहरुबीच विवाद बढेपछि होटल लिलामी गर्ने प्रक्रियामा पुगेको रुवान्डाका डिजिटल संचारमाध्यमहरुले बताएका छन् । विनोद चौधरीले रुवान्डाकै रोबर्ट वाफाकुलेरा र अलिखान कर्मालीसँग मिलेर २ वर्ष अघि उबुम्वे होटल खोल्नुभएको थियो । सो होटल चौधरी समूहबाट राहुल चौधरीले हेर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू