अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 17:46

अवैध कामदारलाई यूएईले पुनः एक महिना थप्यो, १ हजार नेपाली घर फर्किए

बिआरटीनेपाल २०७५ मंसिर १९ गते ८:३५ मा प्रकाशित

युएई सरकारले देशमा रहेका अबैधानिक कामदारलाई वैध बन्न दिएकोे आममाफी योजनाको अवधि पुनः एक महिना थप गरेको छ । अब यस्ता कामदारले जनवरी २ सम्म समय पाएका छन् । युएईको राष्ट्रिय दिवशका अवसरमा डिसेम्बर २ देखि लागू हुनेगरी आममाफी पुन एक महिना थप गरिएको युएईका संचार माध्यमले जनाएका छन् ।

सुरुमा दिइएको ३ महिनाको म्याद अक्टोबर ३० मा सकिएको थियो । त्यसपछि थपिएको एक महिनाको समय पनि मंसिर १ मा सकिएको थियो । गत साउन १६ गतेदेखि मंसिर १ सम्म चलेको आममाफी प्रक्रियाबाट १ हजार भन्दा बढि नेपाली घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू