अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०७ | Colorodo: 16:22

निर्मला पन्त प्रकरणः काठमाडौंबाट १ युवक पक्राउ

बिआरटीनेपाल २०७५ मंसिर १९ गते ८:२५ मा प्रकाशित

कञ्चनपुरको भिमदत्त नगरपालिकाकी निर्मला पन्तलाई बलात्कार गरी हत्या गरेको आशंकामा प्रहरीले काठमाडौंबाट एक युवकलाई पक्राउ गरेको छ । ती युवा निर्मलाको गाउँतिरकै मान्छे भएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो । उनी घटना घटेको बेला बेला गाउँमा नै रहेको र घटनापश्चात काठमाडौं आएको देखिएको खनालले बताउनुभयो । उनको गतिविधिका आधारमा उनी नै घटनामा संलग्न छन् कि भन्ने शंका भएर पक्राउ गरिएको आइजिपी खनालले जानकारी दिनुभयो ।

पक्राउ गरिएका युवामाथि अनुसन्धान अघि बढाइएको छ । उनको पहिचान भने अहिलै नै नखुलाउने प्रहरीले जनाएको छ । घटना घटेको ४ महिना पुग्दा पनि प्रहरीले निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा को संलग्न थिए भन्ने पत्ता लगाउने सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू