अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४६ | Colorodo: 09:01

पर्यटनबाट आर्थिक समृद्धि

बिआरटीनेपाल २०७५ मंसिर १९ गते ८:२४ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले पर्यटन बिकासको माध्यमबाट नेपालको समृद्दी हाँशिल गरिने कुरा उल्लेख गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सले बुधबार चेम्बर भवन, कान्तिपथमा आयोजना गरेको “नेपाल–कोरिया आर्थिक सम्बन्धका आयामहरु“ बिषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सो कुरा बताएका हुन् ।

नेपाल पर्यटनको लागि विश्वकै उत्कृष्ट मध्यको एक गन्तब्य भएकोले दक्षिण कोरियाबाट आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न कोरियाली सरकारलाई उनले अपील पनि गरे । हालै मात्र नेपाल सरकारले देशका उत्कृष्ट सय पर्यटकीय स्थल घोषणा गरेको बताउदै आन्तरिक र बाह्य पर्यटन प्रबर्दन बिगतको भन्दा रहेकोे मन्त्री अधिकारीको भनाइ छ।

पर्यटनको विकास संग संगै भौतिक पूर्वाधारको बिकासमा पनि उनले जोड दिएका छन् ।

नेपालका लागि कोरियाली राजदुत पार्क योंग सिकले नेपालमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र उद्योगमा लगानीको सम्भावना भएपनि लगानीको लागि आवश्येक कानुनहरु प्रयाप्त नभएको कुरा बताए। नेपाल–कोरियाबिचको ब्यापार अन्य देशको तहमा हुन नसकेको भन्दै उनले यसलाई बढाउनुपर्ने धारणा व्यक्त गरे ।

नेपालले पर्यटनको क्षेत्रमा लिएको लक्ष पुरा गर्न आफ्नो देशले सक्दो सहयोग गर्ने बिश्वास उनले दिएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा पर्यटन, कृषि तथा औद्योगिक क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई आग्रह गरे । यतिबेला स्थिर सरकार बनेको र सरकार बैदेशिक लगानी भित्र्याउन गम्भीर भएकाले नेपालमा यतिबेला लगानीको लागि उपयुक्त समय आएको उनले बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल होटेल संघका महासचिव विनायक शाह, कोरियन कम्पनी कोत्राका निर्देशक जेओन ब्युंगजु र कोरियाली पर्यटन संस्थाका उप–निर्देशक किम जेहयोंगले ब्यापार, पर्यटन र लगानीका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा सय जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू