अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:११ | Colorodo: 02:26

इरानद्वारा अमेरिकालाई समुद्री मार्ग बन्द गर्ने चेतावनी

बिआरटीनेपाल २०७५ मंसिर १९ गते ८:२२ मा प्रकाशित

इरानले अमेरिकालाई समुद्री मार्ग बन्द गरिदिने चेतावनी दिएको छ । इरानबाट तेल निर्यातमा लगाइएको अमेरिकी प्रतिबन्धका बारेमा टिप्पणी गर्दै इरानका राष्ट्रपति हसन रुहानीले यस्तो चेतावनी चेतावनी दिनुभएको हो । इरानबाट तेल निर्यात रोक्न सकिँदैन भन्ने कुरा अमेरिकालाई थाहा हुनुपर्ने र अमेरिकाले त्यो गल्ती गरेमा ईरानले समुद्री मार्ग नदिने रुहानीको भनाई छ ।

अमेरिकाले इरानबाट तेल निर्यात रोकेमा खाडी राष्ट्रबाट समेत तेल निर्यात हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुराष्ट्रिय परमाणु सम्झौताबाट अमेरिकालाई अलग तुल्याएपछि इरानको बैंकिङ र पेट्रोलियम क्षेत्रमा प्रतिबन्ध लगाउनुभएको छ । ४ नोभेम्बरबाट लागू भएको यो प्रतिबन्धअनुसार अमेरिकाले इरानसँग तेल खरिद नगर्न सहयोगी राष्ट्रहरुलाई दबाब दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू