अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 22:58

सरकारले ३६ वटा नयाँ कानुन बनाउँदै – कानुन मन्त्री ढकाल

बिआरटीनेपाल २०७५ मंसिर १९ गते ८:१३ मा प्रकाशित

कानुन मन्त्री भानुभक्त ढकालले सरकार ३६ वटा नयाँ कानुन निर्माणमा जुटेको बताउनुभएको । बुधवार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समितिमा वोल्दै मन्त्री ढकालले संविधानमा रहेको संघ र प्रदेशको साझा अधिकारको सूची अन्तर्गतका कानुन निर्माण अगाडि बढाइएको बताउनुभयो । संविधानसहित मुलुकमा अहिले ३ सय ३९ कानुन रहेको ढकालको भनाई थियो ।

मन्त्री ढकालका अनुसार सरकारले ३६ वटा नयाँ कानुन निर्माण गर्दै गर्दा अन्य १ सय ३८ वटा कानुन परिमार्जन र संशोधन गर्नुपर्ने छ । कानुन मन्त्रालय कानुन निर्माणमा अहोरात्र खटेको उहाँको दाबी थियो । आउँदो फागुन २१ गते नयाँ निर्वाचन अनुसार संसद गठन भएको एक वर्ष पुग्दै छ । सरकारले त्यतिबेलासम्म संविधानसँग बाझिएको कानुन परिमार्जन वा संशोधन नगरे स्वतः निष्क्रिय हुनेछ । ढकालले कतिपय कानुनहरूलाई एकमुष्ठ संशोधन गर्न केही नेपाल ऐन संशोधन ल्याउन लागिएको पनि बताउनुभयो ।

सो अवसरमा समितिका सांसदहरूले छिटो संसद अधिवेशन बोलाउन सरकारको ध्यानाकर्षण गराएका थिए । जवाफमा ढकालले संसदमा निर्माण कार्य भैरहेकाले ढिलाइ भएको तर्क गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू