अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५५ | Colorodo: 14:10

अमेरिकामा बसोबास गर्दै आएकी गायिका गुन्जन उपाध्यायको “माया कस्तो लाए” सार्वजनिक

बिआरटीनेपाल २०७५ मंसिर १८ गते १०:५४ मा प्रकाशित

काठमाडौँ, अमेरिकामा बसोबास गर्दै आएकी गायिका गायिका गुन्जन उपाध्यायको “माया कस्तो लाए” सार्वजनिक भएको छ l बाल्यकाल देखिनै साङ्गीतिक माहौलमा हुर्केकी गायिका गुन्जन आफ्नै बाबा तुंगनाथ उपाध्याय बाट सङ्गीतको प्रशिक्षण लिँदै गीत गाउँदै आएकी छिन l नेपालका प्रसिद्ध तबला वादक पं होमनाथ उपाध्याय द्वारा स्थापित ‘प्रस्तार’ समूहमा समेत सङ्गीत सिकेकी उनी सानै देखि गीत सङ्गीतमा रुचि राख्दै आएकी सुमधुर आवाजकी धनी गायिका हुन् l उनले बाल्यकाल देखिनै नेपाली साङ्गीतिक क्षेत्रमा भजन लगायत अन्य धेरै गीतहरू रेकर्ड गराइसकेकी छिन l परदेशी भूमिमा बसेर पनि सदैव नेपाली साङ्गीतिक क्षेत्रलाई माया गर्दै आफ्नो गायन यात्रामा निरन्तर लागिरहेकी गायिका गुन्जनले अमेरिकामा हुने विभिन्न कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिँदै आएकी छिन l 

गीत रेकर्डिङ देखि म्युजिक भिडियो छायाङ्कन र सम्पादन समेत अमेरिकामा नै गरिएको यो गीतलाई गायिका गुन्जनका पिता तुंग नेपालले लेखेका हुन् भने सङ्गीत पनि उनकै हो । तुंग नेपाल नेपालमा रहँदा विभिन्न बिधालयमा सङ्गीत गुरु भएर काम गरिसकेका उनले अमेरिकामा पनि नेपाली गीत सङ्गीत, संस्कृति जोगाउन र अहिलेको पुस्तालाई नेपाली गीत सङ्गीत, वाद्यवादनको संयोजन र प्रशिक्षण गराइरहेका छन् । नेपाल आफैमा गीतकार सङ्गीतकार तथा गायक पनि हुन् । सार्वजनिक यो गीतको एरेन्ज भद्रेश्वर बर्मनले गरेका छन् भने भिडियोमा रिता याम्फू र जिन जङ्ग को अभिनय रहेको छ । भिडियोलाई मन्जिल श्रेष्ठले छायाङ्कन सम्पादन र निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया