अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

राजपाले ४ दिनभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने

बिआरटीनेपाल २०७५ मंसिर १८ गते ८:५२ मा प्रकाशित

राजपाले अवको ४ दिनभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । पार्टीका नेता लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको हो । मंगलबार रिपोर्टस क्लवमा आयोजित साक्षात्कारमा बोल्दै नेता कर्णले बर्तमान सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य नदेखिएकोले पार्टीको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय लिने बताउनुभयो ।

राजपाले सरकारमा जानको लागि यो सरकारलाई समर्थन नगरेको स्पष्ट पार्दै उहाँले संविधान संशोधन र आन्दोलनका बेला आफ्ना नेता तथा कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता गराउनको लागि सरकारलाई समर्थन गरेको स्पष्ट पार्नुभयो । तर, दुई वटै विषयमा अहिलेसम्म सरकारले राजपासंग कुने छलफल नगरेकोले समर्थन कायम राख्नुपर्ने औचित्य नरहेको उहाको भनाई थियो । वर्तमान सरकार पूर्णरुपमा असफल भैसकेको नेता कर्णले टिप्पणी समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू