अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

मुलुकलाई धार्मिक र सांस्कृतिक उपनिवेश बनाउने षड्यन्त्र भयोः राप्रपा अध्यक्ष राणा

बिआरटीनेपाल २०७५ मंसिर १८ गते ८:४७ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले नेपाललाई धार्मिक र सांस्कृतिक उपनिवेश बनाउने षड्यन्त्र भएको बताउनुभएको छ । वर्तमान सरकारले आफ्नो प्रत्यक्ष सहमति, संलग्नता तथा परोक्ष संरक्षणमा क्रिश्चियन धर्म विशेषको कार्यक्रममा सहभागिता जनाउनु आपत्तिजनक रहेको टिप्पणी गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा वोल्दै उहाँले सरकारको यो कदमले मुलुकमा डरलाग्दो सांस्कृतिक द्वन्द्वको उत्पत्ति हुने खतरा रहेको पनि औल्याउनुभयो । सरकारले एशिया प्यासिफिक समिट मा आफै सहभागी भएर क्रिश्चियन धर्मको कुरालाई लिएर अगाडि बढाउने प्रयत्न गरेको र त्यो गलत भएको उहाँको टिप्पणी छ ।

समिटमा सहभागी हुने नेकपा नेता माधव नेपाल र प्रधानमन्त्री ओलीको कदम धर्मनिरपेक्षता कदम भएको अध्यक्ष राणाको आरोप थियो । उक्त कदम साम्यवाद विरोधी कदम समेत भएको राणाको ठहर थियो । नेपाललाई बाहिरको धार्मिक र सांस्कृतिक उपनिवेश बनाउने षड्यन्त्रको औजार सरकार बन्न नहुने तर्फ राणले सरकारलाई सचेत समेत गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू