अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३७ | Colorodo: 09:52

ट्रम्प दम्पत्तिद्वारा दिवंगत पूर्वराष्ट्रपति बुशप्रति श्रद्धाञ्जली व्यक्त

बिआरटीनेपाल २०७५ मंसिर १८ गते ८:४४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र र उहाँकी पत्नी मेलानियाले दिवंगत पूर्व अमेरिकी राष्ट्रपति जर्ज एच डब्लू बुशप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । बुशको पार्थिव शरीर एयरफोर्समार्फत् टेक्सासबाट वासिंटन डीसी ल्याएर रोटुंडामा राखिएको छ । ट्रम्प दम्पत्तिले क्यापिटोलमा पुगेर दिवंगत बुशप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

बुश परिवार र ट्रम्पबीच विगतमा चर्को मतभेद थियो । राष्ट्रपति ट्रम्प बुधबार हुने बुशको अन्तिम संस्कारमा समेत सहभागी हुने कार्यक्रम छ । अमेरिकी पूर्वराष्ट्रपति बुशको गत शुक्रबार ९४ वर्षको उमेरमा निधन भएको थियो । उहाँको शवलाई उहाँकी पत्नी बारबरालाई समाधिस्थ गरिएको टेक्सासस्थित घरमै समाधिस्थ गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू