अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

प्रकृतिक प्रकोपबाट उत्पन्न समस्या ब्यवस्थापनमा राष्ट्रिय आयको ठुलो हिस्सा खर्चिनु परेको छ – राष्ट्रपति

बिआरटीनेपाल २०७५ मंसिर १७ गते ८:०७ मा प्रकाशित

राष्ट्रपति विध्या देवी भण्डारीले प्रकृतिक प्रकोपबाट उत्पन्न समस्या ब्यवस्थापनमा राष्ट्रिय आयको ठुलो हिस्सा खर्चिनु परेको बताउनु भएको छ । पोल्याडमा जारी कोप २४ सम्मेलनलाइ संवोधन  गर्दै राष्ट्रपति भण्डारीले विपत ब्यवस्थापनमा बर्षेनी धेरै लगानी गर्नु परेको र उत्पादन घटदै गएको बताउनु भएको हो ।

प्रकृतिक स्रोतमा परेको नकारात्मक प्रभावका कारण नेपाले धेरै समस्याहरु भोग्नु परेको  उल्लेख गर्नुहुदै खानेपानी प्रणाली, खाध्यन उत्पादन बढी प्रभावित भएको बताउनु भयो  । जसको  प्रभाव महिला र विपन्न बर्गमा बढी परेको उहाँको भनाइ थियो । प्रकृतिक विनासबाट उत्पन्न समस्याका कारण नविगारेको कसुरको सजाय भोगिरहेको जास्तो अनुभुती अफुहरुलाइ उल्लेख गर्नु भयो  । कार्वन उत्सृजन न्युन गर्ने बाटोमा विश्व समुदाय लाग्नेमा जोड दिदै उहाँले  निर्दोश माथी अन्याय हुन नदिनु विश्व समुदायको दायित्व स्मरण गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू