अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५३ | Colorodo: 10:08

नाम, उपनाम, छद्मनाम

लीला लुइटेल २०७५ मंसिर १६ गते ९:४९ मा प्रकाशित

१. विषय प्रवेश
सृष्टित वा कल्पित कुनै पनि वस्तुलाई चिनाउनाका लागि नामको आविष्कार भएको हो । व्यक्तिको पहिचानका लागि नाम अनिवार्य हुन्छ । कुनै पनि व्यक्तिले आफ्नो औपचारिक नाम प्रयोग नगरी उपनाम एवं छद्मनामको प्रयोग गर्ने प्रचलन विश्वका हरेक क्षेत्रमा व्याप्त रहेको छ । कुनै व्यक्तिको वास्तविक नामबाट भिन्न नामलाई उपनाम भनिन्छ भने वास्तविक परिचय नै गोप्य राख्ने गरी अर्कै परिचय दिनाका लागि प्रयोग गरिएको नामलाई छद्मनाम भनिन्छ ।

नेपाली साहित्यमा उपनाम एवं छद्मनामको प्रयोग गर्ने चलन नयाँ होइन । नेपाली साहित्यको माध्यमिक कालदेखि नै उपनाम एवं छद्मनामको प्रयोग हुँदै आएको पाइन्छ । माध्यमिक कालीन कतिपय साहित्यकारले तत्कालीन राणाशासनको वक्रदृष्टिबाट जोगिन छद्मनामको प्रयोग गरेको पाइन्छ । त्यस बेला प्रचलनमा रहेका छद्मनाममध्ये ‘एक विद्यार्थी, एक देश सेवक, केदार, ख्याली, दास, देवी, पूर्णबन्धु, भादगाउँ, रसिक, रामभक्त, लाहुरे, वियोगिनी, विरही, शादी, सरल, सहन शील, सानिमा‘ आदि देखिन्छन् । त्यस बेला आशुकवि शम्भुप्रसाद ढुङ्गेलले ‘पुण्यप्रसाद, गौरीप्रसाद, अगस्ती, भूतनाथ‘ लगायत ‘लावण्यमयीदेवी, स्वर्णकुमारी, विरहिणी, नलिनीदेवी‘ जस्ता महिलाका अनेक नाम प्रयोग गरेर रचना प्रकाशन गरेको जानकारी पाइन्छ । यसै गरी लेखनाथ पौड्यालले पनि कुनै बेला ‘मधुकर‘ उपनामको प्रयोग गरेको भेटिएको छ ।

नेपाली साहित्यको आधुनिक कालमा पनि उपनाम वा छद्मनामको प्रयोग गरेर लेख्ने थुप्रै स्रष्टा छन् । यसरी छद्मनाम वा उपनाम प्रयोग गर्दा कतिपय लेखकहरूले पुस्तककार कृतिका लागि बेग्लै र पत्रपत्रिकाका स्तम्भ लेखनको प्रयोजनका लागि बेग्लाबेग्लै नामको प्रयोग गरिएको पाइएको छ । यसका अतिरिक्त एउटा विधामा प्रतिष्ठा आर्जन गरिसकेका साहित्यकारले पारिश्रमिक लाभको प्रयोजनका लागि सस्ता उपन्यासको लेखन एवं गेसपेपर एवं गाइडमा अर्कै नामको प्रयोग गरेको पनि भेटिन्छ । स्थापित साहित्यकारले सामाजिक प्रतिष्ठामा आँच आउने भयले यसप्रकारका कृतिमा बेग्लै नामको प्रयोग गरेको अनुमान गर्न सकिन्छ । नेपालीमा प्रयुक्त केही उपनाम एवं छद्मनामको उल्लेख तल वर्णानुक्रममा गरिन्छ ।

‘अकेला, अजात, अनपढ, अनमोल, अनुराग, अपतन, अपार, अपूर्ण, अप्रिया, अभय, अभागी, अर्धव्यास, असीम, असीम पीडा, आकाश गङ्गा, आशा, आँसु, आधाबाटे कान्छा, आमोदी, आशावादी, आशुतोष, इच्छुक, उपेन्द्र, उमेश, एकलव्य, कदम, कमल, कलाप्रेमी, कल्पित, किञ्जल्क, किशोर, गफाडी, गाउँले, घटोत्कच शर्मा, घायल, चक्रपाणि, चटके, चिन्तन, चोथाले, जागरुक, जानकीशरण, जिगर, जिज्ञासु, जुठे, ज्यापू, ज्यालादारी, ज्योति, ज्योत्स्ना, ज्ञानी, तृषित, देवेश, धनञ्जय, धूम्रकेतु, नवोदित, नानीबा, नास्तिक, निराकार, निराशी, निर्दाेष, निर्भीक, निर्माेही, नेपाली, पत्थर, पथिक, परिमल, परिश्रमी, परिश्रान्त, पहाडी, पाखे, पागल, पीडित, पीयूष, प्यासी, प्रकाश, प्रभाकर, प्रवासी, प्रेक्षित, पे्ररणा, बगर, बन्धु, बादेपा, बेचैन, बेहोसी, भस्मासुर, भाइसाब, भावुक, भास्कर, भिखारी, भूँडे पण्डित, मधुकर, मधुप, मुनाल, मार्मिक, मुमुक्षु, यात्री, यायावर, योगी, रसिक, राँको, रामदास, रोहित, वर्तमान, वात्सायन, विकल, विकल्प, विजयी, विज्ञान विलास, विनोदी, विमल, विरक्ति, विरही, विवश, वेदना, वेदमणि, वेदव्यास, शाण्डिल्य, शिशु, शीला, श्रमजीवी, श्रमिक, सङ्कल्प, सच्चिदानन्द भारद्वाज, सत्याग्रही, समदर्शी, सरल, सरित, सरोज, सागर, सुमित्र, सिन्धु, सुधोयात्री, सुर्केली, सेवक, सौरभ, स्पन्दन, हरित, हवल्दार, हिरण्यगर्भ’ आदि ।

यसरी नाम चयन गर्ने क्रममा कतिपय साहित्यकारले ‘आत्रेय, काश्यप, कौडिन्य, कौशिक, भारद्वाज, वाशिष्ठ’ जस्ता गोत्र जनाउने शब्दलाई उपनामको रूपमा प्रयोग गरेको पाइन्छ । यसै गरी कतिपय साहित्यकारले आफ्नो जन्मभूमिको नामलाई विशेषण बनाएर प्रयोग गरेको पनि देखिन्छ । ओखलढुङ्गे, गाम्नागे, चुँदेली, जिताली, झोरेली, पाल्पाली, पिंडाली, पोखरेली, भादगाउँले, भोजपुरे, मन्थलीय, मैदेली, लामिडाँडे, सिन्धुलीय, सोलु, हंसपुरे’ आदि यसका उदाहरण हुन् ।

माथि उल्लेख गरिएका छद्मनाम एवं उपनाम केही उदाहरण मात्र हुन् । नेपाली साहित्यमा यस्ता थुप्रै छद्मनाम एवं उपनामको प्रयोग भएको पाइन्छ । उल्लिखित नाममध्ये कतिपय नाम एकजनाले मात्र प्रयोग गरेको देखिएको छ भने कतिपय नामहरू एकभन्दा बढी साहित्यकारले प्रयोग गरेको पाइन्छ । ‘अभागी, आशा, उदासी, किशोर, ज्योति, त्यागी, तृषित, पत्थर, पथिक, पहाडी, पागल, प्यासी, प्रभात, रसिक, वियोगी, विवश’ जस्ता कतिपय शब्दलाई एकभन्दा बढी साहित्यकारले नामका रूपमा प्रयोग गरेका छन् ।

नेपाली साहित्यमा उपनाम एवं छद्मनाम राख्ने कुरामा वासुदेव लुइटेलले रेकर्ड नै बनाएका छन् । उनले प्रयोग गरेका नाममध्ये ‘भुतको भिनाजु’ र ‘नैकापे काका’ विशेष प्रसिद्ध छन् । यसका अतिरिक्त यिनले ‘अढाइ अक्कली, अनाथ, उम्मेदवारमन्त्री, एकतारे सीताराम, ओमकारनाथ शर्मा, ओममणि आचार्य, कवि, कत्री, काका, काका कुइकेल, कान्छाकाजी, कालिमाटीको बेखा, कुमारी शोभा, खत्री कान्छा, जम्बुमन्त्री, झाँक्रीझम्पाट, टपरीनाथ, टुटेभाइ, टेकनाथ, डेढ अक्कली, ढाडे बिरालो, तनेबासे, ताहाचलको स्याल, धुपौरे काका, नेरुपि, प्रमको परमभक्त, प्रतपश्चात, बतासे, बद्रीनाथ, बरबोटे बाहुन, बाउँटे बाजे, बुद्धिबहादुर घर्ती, भूतपूर्व जु“गेदाइ, भेना, माउसुली, मिस्टर ए–जेड, मिस्टर भक्त, रामकृष्ण खत्री, लम्फु, शिवभक्ति, शुदशर्नाचार्य, श्रीमहाप्रभु, श्रीमान, सुब्बा, सेक्रेटरी’ आदि अनेक नाममा पनि रचना प्रकाशन गरेको पाइन्छ । यसरी नाम राख्ने सन्दर्भमा वासुदेव लुइटेल आफ्नो मात्र नभएर उनका सम्पर्कमा आएकाहरूको समेत नाम राख्न सिपालु देखिन्छन् । साहित्यका क्षेत्रमा उनले अन्य व्यक्तिलाई दिएका केही नामहरू यसप्रकार छन् :

‘इन्टरभ्यु प्रसाईं, कालुबाजे, कोटेश्वरी, झापाली, दारी नं. १, दारी नं. २, बाउकी छोरी, भ“गेरे काङ्ग्रेस, भाइसाप, भुसतिघ्रे, स्वास्नीको पोइ, हेड पिउन’ आदि ।

२. नेपाली साहित्यमा प्रयुक्त नामको वर्गीकरण
उपनाम वा छद्मनामको प्रयोगमा व्यक्ति स्वतन्त्र भएका कारण उसलाई जे, जस्तो वा जसरी पनि आफ्नो नाम चयन गर्ने छुट भएको हुनाले यसको चयनमा एकरूपता देखि“दैन । नेपाली साहित्यमा प्रयुक्त उपनाम वा छद्मनामलाई केलाउँदा तिनलाई अनेक वर्गमा विभाजन गरेर हेर्न सकिन्छ । नेपाली साहित्यमा प्रयुक्त उपनाम वा छद्मनामको चयन र प्रयुक्तिमा देखापरेका विविधतालाई तल क्रमशः सोदाहरण चर्चा गरिन्छ ।

२.१ पूर्ण रूपमा छद्मनामको प्रयोग
नेपाली साहित्यमा कतिपय स्रष्टाले पूर्ण रूपमा छद्मनामको प्रयोग गरेका छन् । यसरी नाम प्रयोग गर्ने कतिपय स्रष्टाहरूको वास्तविक धेरैलाई जानकारी भए पनि कतिपय नाम धेरजसो पाठकलाई थाहा नभएको स्थिति पनि देखिन्छ, जस्तै :
अगिब बनेपाली – त्रैलोक्यमान
अग्निशिखा – सुकदेव नेपाल
असीम सागर-  फत्तेमान श्रेष्ठ
अनुपम रोशी-  लक्ष्मी छेत्री
अनुपमा प्रमीला-  उपाध्याय पौडेल
इस्माली – महेश पौडेल
आहुति – विश्वभक्त दुलाल
एस.पी. आशा-  श्रीप्रसाद उपाध्याय
औतारी काका – रामकुमार पाँडे
कन्हैया नासननी-  कृष्णगोपाल श्रेष्ठ
कुन्साङ काका – खगेन्द्र सङ्ग्रौला
के.बी. नेपाली – खड्गबहादुर पौडेल
केवलपुरे किसान देवीप्रसाद पौडेल
गोवर्द्धन पूजा – राजेन्द्रलाल श्रेष्ठ
चट्याङ मास्टर-  कृष्णमुरारी गौतम
चैतन्य – मोहन वैद्य
चित्तरञ्जन नेपाली-  नारायणप्रसाद राजभण्डारी
छिन्नलता – रमोलादेवी साह
जुँगेकाजी – नरनाथ लुइटेल
ज्योति जङ्गल-  कल्पनादेवी भट्टराई (पौडेल)
तिला लेकाली – तिलकुमारी न्यौपाने
धुस्वाँ सायमी – गोविन्दबहादुर मानन्धर
दीर्घबाहु – श्रीधर खनाल
नवीन विभास – किरण पुन
निमेष निखिल-  खिलप्रसाद बराल
निस्प्रभ सजी – माधवराज पौडेल
नीरविक्रम प्यासी-  खुसविक्रम राणा
पल्पसा – किरण प्रधान
पारिजात/सुमित्रा काँढा -विष्णुकुमारी वाइबा
पूर्णविराम – बलराम शर्मा भट्टराई
प्रवीण पुमा – परशुराम राई
बाल आवारा – बालजित राई
भाउपन्थी – तिलकप्रसाद शर्मा खनाल
भावेश भुमरी- जुद्धबहादुर पुनमगर
भूपिन व्याकुल-  भूपेन्द्र खड्का
मञ्जुल- मेघराज शर्मा नेपाल
मनु ब्राजाकी – चेतमानसिंह भण्डारी
मनु मञ्जिल- टङ्कबहादुर खुलाल
मनु लोहोरुङ – मनकुमारी राई
मेरिना स्मृति – ममता खड्का (पौडेल)
योगी नरहरिनाथ-  बलवीरसिंह थापा
रमेश विकल – रामेश्वर शर्मा चालिसे
रवि प्राञ्जल – रविनाथ पौडेल
रह शर्मा – शशिकिरण रेग्मी
राजव जनार्दन-  पुडासैनी
लक्ष्मण गाम्नागे – लक्ष्मीप्रसाद भट्टराई
लाटो साथी – विष्णुराज आत्रेय
वैरागी काइला – तिलविक्रम नेम्वाङ
वैरागी जेठा – घनश्याम अधिकारी
व्याकुल माइला-  प्रदीपकुमार राई
शीतविन्दु/स्मृति अर्याल-  प्रदीप ज्ञवाली
शैलेन्द्र साकार – शंकरप्रसाद श्रेष्ठ
श्यामल – हरिहर अधिकारी
सङ्गीत आयाम – उपेन्द्र अधिकारी
सरूभक्त – भक्तबहादुर श्रेष्ठ
सानुभाइ शर्मा – गोविन्दप्रसाद सुवेदी
सामना पहाड – सुमन अधिकारी सिलवाल
सीमा आभास – सजना दाहाल
स्वप्निल स्मृति – सनमान चेम्जोङ

२.२ थरको सट्टा उपनामको प्रयोग
कतिपय स्रष्टाले वास्तविक नाम लेखेर थरको सट्टामा उपनामको प्रयोग गरेको पनि पाइएको छ । यसरी उपनामको प्रयोग गर्दा कतिपयले उपनामलाई उद्धरण चिह्नभित्र प्रयोग गरेका छने भने कतिपयले उद्धरण चिह्न प्रयोग नगरी सोझै थरको विकल्पका रूपमा प्रयोग गरेको स्थिति देखिएको छ । यसरी उद्धरण चिह्नभित्र प्रयोग गर्ने र सोभैm गर्ने बारेमा प्रयोगकर्ता स्वयंले प्रयोग गर्दा पनि एकरूपता नभेटिएको स्थिति रहेको छ । यसखाले विविधतायुक्त प्रयोग यसका केही उदाहरण यस्ता छन् :

नेपाली साहित्यमा कतिपय सर्जकले आफ्नो नाममा थरको विकल्पका रूपमा उपनाम प्रयोग गरेको पाइन्छ । यसका केही उदाहरण तल दिइन्छ :
अमर त्यागी – अमरबहादुर श्रेष्ठ
अमृत निर्मोही – अमृतलाल श्रेष्ठ
अमृता स्मृति – अमृता अर्याल
ईशा शाह – ईश्वरी शाह
उत्तम कुँवर-  हरिबहादुर कुँवर
ऋतु आसिक – ऋतुवर्ण पराजुली
कपिल अज्ञात – कपिलमणि शर्मा रेग्मी
कमला आँसु – कमला राई
कमला सरुप – कमला बुढाथोकी
कणाद महर्षि – कणाद मिश्र
कविता पौडेल – रामप्यारी पौडेल
किशोर पहाडी – किशोरमान श्रेष्ठ
कृष्ण धरावासी – कृष्णप्रसाद भट्टराई
कृष्ण बाउसे – कृष्णप्रसाद दुलाल
गगन विरही – गगनलाल श्रेष्ठ
गणेश रसिक – गणेशकुमार राई
गणेश विषम – गणेशप्रसाद मजगैयाँ
छवि अनित्य – छविलाल श्रेष्ठ
जैनेन्द्र जीवन – जैनेन्द्र शर्मा लामिछाने
ज्ञानेन्द्र विवश – ज्ञानेन्द्र श्रेष्ठ
तुलसी दिवश – तुलसीप्रसाद जोशी
तुलसी अपतन – तुलसीबहादुर क्षेत्री
दीपा एवाई – डिक्कु राई
धीरेन्द्र प्रेमर्षि – धीरेन्द्र झा
निरूपा प्रसून – निरूपा ढुङ्गाना
पवन आलोक – पवन कँडेल
पूर्ण इन्फादा – पूर्णप्रसाद पोखरेल
भवानी भिक्षु – भवानीप्रसाद गुप्ता
भीम विराग – भीमबहादुर महर्जन
मञ्जु काँचुली – मञ्जु तिवारी
मन्दिरा मधुश्री – मन्दिरा कोइराला
मायामितु न्यौपाने – पुष्पा न्यौपाने
मोहन दुखुन – मोहनसिंह राई
मोदनाथ प्रश्रित- मोदनाथ पौडेल
युवराज नयाँघरे – युवराज सुवेदी
रमेश क्षितिज – रमेश न्यौपाने
रमेश तुफान – रमेशकुमार क्षेत्री
रवीन्द्र समीर – रवीन्द्र पाण्डे
राजेन्द्र सर्वहारा- राजेन्द्र निरौला
राधेश्याम लेकाली-  राधेश्याम गुप्ता
राम अविकास – रामप्रसाद सापकोटा
रामगोपाल आशुतोष – रामगोपाल किसिजू
रामदयाल राकेश – रामदयालप्रसाद साह
ललिता दोषी – ललिता खरेल (गजुरेल)
लव गाउँले – लवबहादुर केसी
लीला अनमोल- लीला उप्रेती प्रसाईं
वनमाली निराकार- वनमालीराज शर्मा
वसन्त क्षितिज – वसन्त श्रेष्ठ
विनोद अश्रुमाली- विनोदकुमार काफले
विमल निभा – विमलकृष्ण श्रेष्ठ
विष्णु प्रभात – विष्णुप्रसाद अर्याल
विश्वम्भर चञ्चल-  विश्वम्भर घिमिरे
समा श्री – समा राउत
सरस्वती प्रतीक्षा -सरस्वती लालचन

२.३ थर उही नाम मात्र अर्को प्रयोग
कतिपय साहित्यकारले सिर्जनाका क्षेत्रमा वास्तविक थरको प्रयोग गरे पनि नामचाहि“ फरक लेखेको पाइन्छ । यस्ता नाम हेर्दा बाबुआमाले दिएको परम्परागत नामभन्दा सुन्दर एवं अत्याधुनिक नामको प्रयोग गर्ने मोह रहेको अनुमान गर्न सकिन्छ जस्तै :
अनुपमा करारा – भुवनेश्वरी करारा
अप्सरा तिम्सिना – धनकुमारी तिम्सिना
अविनाश श्रेष्ठ – रामकृष्ण श्रेष्ठ
काजी रोशन – काजी राजभण्डारी
कार्तिकेय घिमिरे- कृष्णप्रसाद घिमिरे
किरण शाक्य -योगमाया शाक्य
खगेन्द्र गिरी – कोपिला खड्गकुमार गिरी
गरिमा शाह – मदनकुमारी शाह
चाँदनी शाह – ऐश्वर्य शाह
छन्दिका त्रिपाठी – पवित्रा त्रिपाठी
तारा पराजुली – ढाकाकुमारी पराजुली
दीप्स शाह – दीपा सुवेदी (शाह)
निनु चापागाईं-  निरञ्जन चापागाईं
देवकी अभिलाषी-  देवका सेडाईं
प्रतीक ढकाल – खडानन्द ढकाल
बूँद राना – लोकबहादुर राना
रञ्जना निरौला – चम्पादेवी निरौला
विप्लव ढकाल-  बाबुराम ढकाल
वियोगी बुढाथोकी-  सीताराम बुढाथोकी
विवश पोखरेल – मनोहरप्रसाद पोखरेल
शीतल गिरी – चित्रबहादुर गिरी
सन्तु श्रेष्ठ – सन्तकुमारी श्रेष्ठ
सानु लामा – गरुडध्वज लामा
सृजन लम्साल-  पूर्णचन्द्र लम्साल
सोनू गुरुङ – सुनकुमारी गुरुङ
स्वागत नेपाल-  भद्रप्रसाद नेपाल
हंसपुरे सुवेदी – तीर्थराज सुवेदी

२.४ थरका साथ उपनामको प्रयोग
नेपाली साहित्यमा कतिपय साहित्यकारले आफ्नो पूरा नाम तथा थरको प्रयोगका साथ उपनामसमेत प्रयोग गरेको पाइन्छ । यसखाले प्रयोग यसका केही उदाहरण यस्ता छन् :
अच्छा राई ‘रसिक’
अच्युत मल्ल ‘तारा’
इन्द्रकुमार श्रेष्ठ ‘सरित’
ईश्वरी कार्की ‘वर्षा’
उन्नति बोहोरा ‘शीला’
उपेन्द्र बस्नेत ‘पागल‘
कमला रिसाल ‘ज्योति’
कृष्ण शाह ‘यात्री’
केदारमान ‘व्यथित’
खेम कोइराला ‘बन्धु’
गायत्री विष्ट ‘गाउँले’
गोपाल पाण्डे ‘असीम’
गोपीकृष्ण ढुङ्गाना ‘पथिक’
गोविन्द गिरी ‘प्रेरणा’
गोविन्दबहादुर मल्ल ‘गोठाले’
घनश्याम न्यौपाने ‘परिश्रमी’
जीविका खतिवडा ‘अश्रु’
तीर्थराम झा ‘जानकीशरण’
दामोदर पुडासैनी ‘किशोर’
दुर्गाप्रसाद श्रेष्ठ ‘उपेन्द्र’
देवीप्रसाद थापा ‘मामा’
धनप्रसाद सुवेदी ‘श्रमिक’
देवेन्द्र अर्याल ‘आँशु’
नवीनबन्धु दाहाल ‘पहाडी’
नारायण शर्मा गैरे ‘सुमित्र’
नीलम कार्की ‘निहारिका’
पवन चामलिङ ‘किरण’
पूर्णप्रकाश नेपाल ‘यात्री’
प्रकाश पौडेल ‘माइला’
भूपति ढकाल ‘कमल’
रामभरोस कापडी ‘भ्रमर’
राम लामा ‘अविनाशी’
रोशन थापा ‘नीरव’
शीवप्रसाद सत्याल ‘पीठ’
श्रीओम श्रेष्ठ ‘रोदन’
सरस्वती शर्मा ‘जिज्ञासु’
सविता थापा ‘संकल्प’
सविता श्रेष्ठ ‘बेहोसी’

२.५ नाम थर नै अर्कै राखेर छद्मनामको प्रयोग
कतिपय साहित्यकारले नाम थर नै परिवर्तन गरेर भिन्न छद्म नाममा साहित्य सिर्जना गरेको पाइन्छ, जस्तै—
डार्बिन नेपाली, विज्ञान शर्मा-  खगेन्द्रप्रसाद लुइटेल
बालकृष्ण थापा मगर, रजनी श्रेष्ठ, विक्रम नेपाली-  नारायण ढकाल
सञ्जय थापा – प्रदीप नेपाल
सानुभाइ शर्मा-  गोविन्दप्रसाद सुवेदी
सुरेश हाचेकाली-  ढुण्डिराज निरौला
सुस्मिता नेपाल – सुन्दरी थापा
स्मृति अर्याल – प्रदीप ज्ञवाली

२.६ महिलाको नाम प्रयोग
कतिपय पुरुष साहित्यकारले महिलाको छद्म नाम प्रयोग गरेर पनि कृति प्रकाशन गरेको पाइन्छ, जस्तै—
गङ्गा कप्तान- शिवलाल पाण्डे
चमा थुलुङ – शुकराज राई
रजनी श्रेष्ठ – नारायण ढकाल
लावण्यमयीदेवी, स्वर्णकुमारी,विरहिणी, नलिनीदेवी-  शम्भुप्रसाद ढुङ्गेल
स्मृति अर्याल – प्रदीप ज्ञवाली
जुनुमाया राइनी – हरिप्रसाद गोर्खा राई

२.७ नाम, उपनामपछि थरको प्रयोग
कतिपय साहित्यकारले नामपछि उपनाम राखेर थरको प्रयोग गरेको पनि भेटिएको छ, जस्तै—
कमल जङ्गली आचार्य
टेकबहादुर नवीन खत्री
हरिप्रसाद गोर्खा राई

२.८ नामको पहिलो अंशपछि थरको प्रयोग
कतिपय साहित्यकारले नामको पहिलो अंश र थरको प्रयोग गरी लेखनमा उल्लेख गरेको पाइन्छ, जस्तै—
अभि सुवेदी अभिनारायण सुवेदी
नव सिलवाल नवराज सिलवाल
मधु पोखरेल मधुसूदन पोखरेल

२.९ नेपाली नामको छोटकरी प्रयोग
कतिपय साहित्यकारले छोटकरी नामलाई उपनामका रूपमा प्रयोग गरेको पनि पाइन्छ, जस्तै—
अदेभ- अमोददेव भट्टराई
कृसु क्षेत्री- कृष्णकुमार सुवेदी
खलु – खगेन्द्र लुइटेल
ताना सर्मा- तारानाथ शर्मा
तेराख – तेजराज खतिवडा
दुवसु क्षेत्री-  दुर्गाबहादुर सुवेदी
ध.च.गोतामे-  धनुषचन्द्र गौतम
नव सापकोटा-  नरबहादुर सापकोटा
मविवि शाह – महेन्द्र शाह
लकाश पौडेल-  लक्ष्मीकान्त शर्मा पौडेल
सूब सेन – सूर्यबहादुर सेन ओली

२.१० नामको अङ्ग्रेजी वर्णानुक्रमको छोटकरी प्रयोग
कतिपय साहित्यकारले अङ्ग्रेजी वर्णानुक्रममा आधारित छोटकरी नामलाई उपनामका रूपमा प्रयोग गरेको पनि पाइन्छ, जस्तै—
आर. एम. डङ्गोल – राजुमान डङ्गोल
आर. आर. चौलागाई – रेवती रमण चौलागाईं
आर.सी. रिजाल – रामचन्द्र रिजाल
एस.पी. कोइराला – शङ्करप्रसाद कोइराला
जी. शाह – ज्ञानेन्द्र शाह
टी.आर. विश्वकर्मा – तुलाराम विश्वकर्मा
डी.पी. अधिकारी – देवीप्रसाद अधिकारी
डी.पी. भण्डारी – दुर्गाप्रसाद भण्डारी
यु. कार्की – उपेन्द्र कार्की
लारा – लक्ष्मी राई

२.११ उपाधिको प्रयोग
कतिपय साहित्यकारले उपाधिका आधारमा पनि उपनाम जोड्ने गरेको पाइएको छ ।
उमानाथ शास्त्री
शुक्रराज शास्त्री
हरिहर शास्त्री

२.१२ पृथक् विधामा पृथक् नामको प्रयोग
कतिपय साहित्यकारले भिन्नाभिन्नै कृतिमा भिन्न नामको प्रयोग पनि गरेको पाइएको छ । साहित्यकार प्रेमा शाहले ‘शारदा‘ छद्मनामको प्रयोग गरी एक धून बाँसुरीको, त्रिकोण, कृष्ण पुष्प एवं धूलोको फुल जस्ता उपन्यास लेखेकी थिइन् । यति हुँदाहुँदै उपन्यासकार शारदा आफू स्वयं नभएर हाल दिल्लीमा बसोबास गरिरहेकी आफ्नी बहिनी भएको कुरा प्रेमा शाहले बताए पनि २०४० सालतिर काठमाडौँमा बसेका बेला अप्ठ्यारो परिस्थितिमा आर्थिक उपार्जनका अभीष्टले त्यस्ता उपन्यास लेखेकी हुन् । यसबाट प्रतिकूल परिस्थितिमा आर्थिक उपार्जनको अभीष्टले सस्ता खाले कृति लेख्न बाध्य भएको कुरा स्विकार्न एउटा स्तरीय साहित्यकारलाई अप्ठेरो लागेको अनुमान गर्न सकिन्छ । पारिजातले पछिल्ला समयका कतिपय कविता ‘सुमित्रा काँढा’ छद्मनामको प्रयोग गरी प्रकाशन गरेको भेटिएको छ । २०३७ सालदेखि २०४० सालसम्मका पारिजातका कतिपय कवितामा ‘सुमित्रा काँढा’ को नाम उल्लेख गरिएको छ । तत्कालीन प्रशासनको वक्रदृष्टिलाई छल्न यसरी छद्मनाममा कविता छपाएको कुरा पारिजातले यस पङ्क्तिकारलाई बताएकी हुन् । यसैगरी बालकृष्ण पोखरेलले वसन्तका नामबाट सस्ताखाले मनोरञ्जनात्मक उपन्यास लेखेका छन् भर्रोवादबाट प्रभावित भई केकेमनुच्यो पोखरेलका नामबाट कथा सङ्ग्रह प्रकाशन गरेका छन् । यसका अतिरिक्त यिनले रूपावासी, लक्ष्मीविलास पाध्या, वसन्त, गढतिरे साहिँलो, हिमालपाने बराल जस्ता अनेक नामको प्रयोग गरेका छन् ।

२.१३ पृथक् कृतिमा पृथक् नामको प्रयोग
कतिपय साहित्यकारले बेग्लाबेग्लै विधामा पृथक् नामको प्रयोग गरेको पाइए पनि उपन्यासकार कमला कुँवरले सुजातको नाम प्रयोग गरेर पनि उपन्यास लेखेकी छन् । यीमध्ये पहिलो उपन्यास अतृप्त चाहना कमला कुँवरको नामबाट प्रकाशित भएको छ भने बन्धन (२०५८), अन्त्यहीन पीडा (२०६१) र पराजित अस्तित्व (२०६४) सुजातका नामबाट प्रकाशित छन् ।

२.१४ एउटै कृतिमा पृथक् नामको प्रयोग
एउटै कृतिका दुई बेग्लै संस्करणमा भिन्न नामको प्रयोग गरेर नेपालीमा कृति प्रकाशन गरिएको पाइन्छ । २०३२ सालमा रत्न पुस्तक भण्डारबाट प्रकाशित सरोजादेवीको शेष–पर्व शीर्षक जासुसी उपन्यास सन् २००८ मा दार्जिलिङको बैँसालु प्रकाशनबाट दोस्रो संस्करणका रूपमा प्रकाशन हुँदा लेखकका रूपमा ‘श्रीमती शारदा छेत्री’ को नाम उल्लेख गरिएको छ । ‘पहिले जासुसी उपन्यासमा वास्तविक नाम उल्लेख गर्न अप्ठेरो लागेकाले छद्म नामबाट लेखिएको र पछि वास्तविक नाममै छपाउने इच्छा लागेकोले यस्तो भएको हो’ भन्ने यथार्थ स्वयं शारदा क्षेत्रीले यस पङ्क्तिकारलाई दिएकी हुन् । यसैगरी २०१५ सालमा प्रकाशित सुभद्रादेवी दङ्गालको नाटक कलङ्की समाज सामान्य हेरफेर गरी २०५० मा सावित्री पोखरेलका नामबाट दोस्रो संस्करणका रूपमा प्रकाशित भएको पनि पाइन्छ ।

२.१५ पत्नीका नामको प्रयोग
टीकाराम धनञ्जयले वि.सं. १९९१ मा ‘श्रीचन्द्रकलादेवि ‘‘धनञ्जय” विरचिता’ भनेर उपदेशचन्द्रकला नामक पुस्तक पत्नीका नामबाट प्रकाशन गरेको पाइन्छ । ‘‘उपदेश चन्द्रकला मैले लेखेकी हैन । त्यस्तो लेख्नसक्ने पढाइ र कला मसँग छँदै छैन । उपदेश मञ्जरीमा प्रतिबन्ध लागेपछि उहाँले धेरै कुरा हेरफेर गरी मेरो नाम राखेर उपदेश चन्द्रकला छाप्नु भएको हो । उहाँले शिशुबोध तरङ्गिणी पनि मेरा नाममा छपाउनु भएको छ । लघुकौमुदीको नेपाली टीका उहाँले आफ्ना पिता एकदेव मरासिनीको नाममा छपाउनु भएको छ । आफ्ना बाबु र आफ्नी श्रीमतीको पनि नाम रहोस् र महिलालाई पनि लेख्ने प्रेरणा मिलोस् भनेर त्यसो गर्नुभएको हो” भनेर चन्द्रकलादेवी स्वयंले एउटा अन्तर्वार्तामा बताएकी छन् । माइजू चन्द्रकलादेवी निरक्षर रहेको र तत्कालीन प्रशासनको टेढो नजरबाट बच्न मामा टीकाराम धनञ्जयले निरक्षर पत्नी चन्द्रकलादेवीका नामबाट पुस्तक प्रकाशन गर्नु परेको जानकारी मोदनाथ प्रश्रितबाट प्राप्त भएको हो ।

नागाल्यान्डका हरिप्रसाद ‘गोर्खा’ राईले सुरुसुरुमा अधिकांश रचनाहरू जुनुमाया राइनीका नामबाट छपाएका थिए । जुनुमाया राइनी हरिप्रसाद ‘गोर्खा’ राईकी पहिली पत्नी हुन् । जुनुमाया राइनीका नाममा छापिएका ती रचना हरिप्रसाद राईका हुन् भनेर उनी स्वयंले बताएका छन् ।

विश्वेश्वरप्रसाद कोइरालाले लेखेका केही कथा पत्नी सुशीला कोइरालाका नामबाट शारदामा प्रकाशन भएका छन् । शारदा (५/१, १९९६) मा श्रीमती सुशीला कोइराला र विश्वेश्वरप्रसाद कोइरालाको सहलेखनमा ‘द्वन्द्व प्रेम’ शीर्षकको कथा प्रकाशित छ । यसैगरी सुशीला कोइरालाका नामबाट शारदा (५/९, १९९६) मा ‘दुलही’ शीर्षक कथा प्रकाशन भएको पाइन्छ । यी दुई कथाबाहेक सुशीला कोइरालाका कुनै पनि कथा प्रकाशन भएको देखि“दैन भने नेपाली कथाका क्षेत्रमा विश्वेश्वरले विशिष्ट स्थान बनाएको कुरा सर्वविदितै छ । अर्कातिर ‘सुशीला कोइरालाले एउटा अन्तर्वार्तामा आपूmले कथा लेखेको बिर्सिएको‘ भनी बताएको कुरा उल्लेख देवी शर्माले उल्लेख गरेकी छन् । यी तथ्यले सुशीला कोइरालाले केही नलेखेको र उनका नाममा छापिएका कथा विश्वेश्वरले नै लेखिदिएको स्पष्ट हुन्छ ।

२.१६ पतिको नामका आधारमा नामकरण
नेपाली उपन्यासका क्षेत्रमा महिलाद्वारा लिखित पहिलो उपन्यास राजपूत रमणी (सन् १९३२) का लेखक अम्बालिकादेवीको नामकरण उनका पतिको नामका आधारमा गरिएको पाइन्छ । सुब्बा एककृष्ण नेपाल र रत्नकुमारी नेपालका छ छोरीमध्ये माहिली छोरीको रूपमा काठमाडौँमा जन्मिएकी अम्बालिकादेवीलाई विवाहपूर्व माइतीमा पुतली भनेर बोलाइन्थ्यो । पौडेल थर भएका उनका पति पटना हाइकोर्टका वकिल तथा इतिहासकार (लेखक: नेपालको इतिहास, १९७९) अम्बिकाप्रसाद उपाध्यायको नामका आधारमा यिनको नामकरण गरिएको हो भन्ने जानकारी उनको पारिवारिक स्रोतबाट प्राप्त भएको हो ।

माथि उल्लेख गरिएबाहेक कविता राम (रामबहादुर श्रेष्ठ), खगेन्द्र गिरी कोपिला (खड्गकुमार गिरी), निर्माही व्यास (वेदव्यास उपाध्याय न्यौपाने), प्रकट पगेनी शिव, वासु शशि (वासुदेव वैद्य), श्रेष्ठ प्रिया पत्थर (हरिप्रिया श्रेष्ठ) जस्ता कतिपय नामहरू माथि गरिएको वर्गीकरणभन्दा भिन्न प्रकारले प्रयोग गरिएको पाइन्छ । यसैगरी प्रोल्लास सिन्धुलीयलगायतका कतिपय साहित्यकारले आफ्ना अग्रजले प्रयोग गरेको नामलाई निरन्तरता दिएका छन् ।

५. समापन
नेपाली साहित्यमा पनि थुप्रै साहित्यकारले अनेकथरीका उपनाम एवं छद्मनामको प्रयोग गरेर साहित्य सिर्जना गरेको पाइन्छ । नेपाली साहित्यका क्षेत्रमा प्रयुक्त उपनाम वा छद्ममध्ये अधिकांशतः नामको चयन युवासुलभ रहर एवं लहडबाट प्रेरित भएर गरिएको पाइन्छ भने कतिपय स्रष्टाले आफ्नो पृथक् पहिचानको अभीष्टले प्रेरित भई उपनाम एवं छद्मनामको प्रयोग गरेको देखिन्छ । राजनैतिक क्षेत्रमाचाहिँ प्रशासनको वक्रदृष्टिबाट जोगिन छद्मनामको प्रयोग गर्ने गरिएको पाइन्छ । यसखाले नाम प्रयोगका दृष्टिले हेर्दा नेपालीका कतिपय साहित्यकारहरू उपनाम एवं छद्मनामले परिचित हुनपुगेका छन् । त्यस्ता कतिपय साहित्यकारको वास्तविक नाम कतिपय पाठकले पत्तो नपाएको स्थिति रहेको छ भने अर्कातिर कतिपय साहित्यकारले छद्मनामका साथै आफ्नो औपचारिक नामलाई पनि सँगसँगै अगाडि बढाएको पाइन्छ । राजनीति र साहित्यिक क्षेत्रमा यस्ता उपनामहरू लेख्ने प्रचलन पाइए पनि नेपाली सन्दर्भमा चाहि अधिकांश उपनाम एवं छद्मनामको प्रयोग राजनैतिकभन्दा साहित्यका क्षेत्रमा बढी भएको देखिन्छ ।