अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

प्रधानमन्त्री ओलीलाई १ लाख डलरको सुशासन पुरस्कार

बिआरटीनेपाल २०७५ मंसिर १६ गते ८:५० मा प्रकाशित

युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । आइतवार सम्पन्न एसिया प्यासिफिक सम्मेलन २०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशि १ लाख डलर रहेको छ । कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासनबाट मात्रै समृद्धि सम्भव रहेको बताउनुभयो । सुशासन बिना विकास सम्भव हुन नसक्ने प्रधानमन्त्रीको भनाई थियो । ओलीले सरकार जनसेवाका सबै क्षेत्रहरूमा पारदर्शी तरिकाले सेवा दिन तयार रहेको स्पष्ट पार्नुभयो । लोकतन्त्र नै राम्रो व्यवस्था भएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका लागि सरकारमा नीतिगत स्पष्टता रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू