अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

नेपाल संस्कृत छात्र परिषद्को आरोप : सरकार ‘ईशाई मिसिनरीको एजेन्ट’

बिआरटीनेपाल २०७५ मंसिर १६ गते ८:४३ मा प्रकाशित

नेपाल संस्कृत छात्र परिषद्ले काठमाडौँको भृकुटीमण्डपमा आज विरोध प्रर्दशन गर्दे सरकार ‘ईशाई मिसिनरीको एजेन्ट’ भएको आरोप लगाएको छ ।

इसाई धर्मलाई सरकारले प्रोत्साहान गरेको भन्दै परिषद्का अध्यक्ष सुशान्त आचार्यले यस्तो आरोप लगाएका हुन् । क्रिष्चियन धर्म प्रचार गर्ने संस्था ‘युनिभर्सल पिस फेडेरेसन’की अध्यक्ष हाक जा मुनलाई नेपालमा धर्म परिवर्तन गराउन सक्रिय भएको भन्दै तत्काल देशवाट निकाला गर्नुपर्ने माग पनि राखेको छ ।

सभालाई सम्वोधन गर्दे आचार्यले भने,‘नेपाल वैदिक सनातन धर्म मुलुक हो र रहिरहनेछ, कोही साधु आउँदा डराउनुपर्दैन् ।’उनले नेपाल संस्कृत छात्र परिषद्ले भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल आउदा रातो कार्पेट र वैदिक स्वस्तिवाचनका माध्यमबाट स्वागत गर्ने पनि जानकारी गराए ।

कुनैपनि अवस्थामा देशलाई ईसाई मुलुक बनाउन नपाईने उनको भनाई छ । आचार्यले सरकारप्रति कटाक्ष गर्दै फेरि ४ वर्षपछि जनताकामाझ नै आउनुपर्ने स्मरण पनि गराए ।

वरिष्ठ उपसभापति महेश्वर पौडेलले परिषद्को यो अभियानलाई निरन्तरता दिइराख्ने घोषणा गरे । उनले भने ‘ हामी हिन्दुत्व जागरण गर्न गाउँ/गाउँ जाने अभियानमा लाग्ने छौ’।

वाल्मीकि विद्यापीठबाट निस्केको र्याली पुतली सडक चोक हुँदै भृकुटीमण्डपचोक सम्म पुगेर पुनः विद्यापीठ अगाडि नैआएर कोण सभामा परिणत भएको थियो।

प्रदर्शनमा नेपाल संस्कृत छात्र परिषद् का सदस्यहरुले सरकार ‘मिसिनरी एजेन्ड’ भएको बताउदै सरकार विरोधी नारवाजी गरेका थिए । जबरजस्ती बाईबाल थमाउन पाईदैन भन्दै धर्मपरिवर्तनका बिरुध नेपाल संस्कृत छात्र परिषद् जागरुक हुने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू