अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

सेयर बजारमा निरन्तर गिरावट, नेप्से तीन वर्षयताकै न्यून बिन्दुमा

बिआरटीनेपाल २०७५ मंसिर १६ गते ८:२८ मा प्रकाशित

सेयर बजार ओरालो लाग्ने क्रम आज पनि रोकिएन । साताको पहिलो कारोबार दिन आज बजार १७.७३ अंकले घटेर  परिसूचक ११३० को बिन्दुमा झरेको छ । यो करिब तीन वर्ष यताकै न्यून बिन्दु हो । तीन वर्षअघि बजार ११४२ को बिन्दुमा झरेको थियो ।

त्यसपछि बजारमा केही सुधार आएको थियो । एक वर्ष अघि मात्र पनि बजार १५३६ को बिन्दुमा थियो । तर पछिल्लो केही महिना यता बजार निरन्तर घटिरहेको छ ।

नेपाल स्टक एक्सचेञ्जले गत कात्तिक २० गते देखि पूर्ण स्वचालित अनलाईन कारोबार सुरु गरेको छ । पुरानो प्रणालीबाट नयाँ प्रणालीमा परिमार्जन भएपछि घटिरहेको बजारले सुधारको बाटो लिने अपेक्षा आमलगानीकर्ताको थियो । तर त्यो पनि खासै प्रभावकारी बन्न नसकेको गुनासो उनीहरुको छ ।

त्यस्तै २२ खर्व रुपैयाँ भन्दा बढीको सेयर बजार हाल साढे १३ खर्व रुपैयाँमा झरिसकेको छ । बजारमा समस्या उत्पन्न हुने तर तत्काल समाधान नहुने परम्पराले गर्दा आफ्नो लगानीको जोखिम देखेर ठुला लगानीकर्ताहरुले विस्तारै हात झिक्न थालेको जानकारहरु बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू