अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५५ | Colorodo: 09:10

निर्मला पन्तको पक्षमा नेकपा विप्लव सड्क प्रदर्शनमा

बिआरटीनेपाल २०७५ मंसिर १६ गते ४:४५ मा प्रकाशित

विप्लव नेतृत्वको नेकपाले आइतबार कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या मासंलग्नलाई कारबाहीको माग गर्दै राजधानीसहित देशका विभिन्न स्थानमा सड्क प्रदर्शन गरेको छ । हत्याको ४ महिना बितिसक्दा पनि सरकारले दोषीलाई कानुनको कठघरामा ल्याउन नसकेको भन्दै सरकारलाई दवाव स्वरुप नेकपाले प्रदर्शन गरेको हो ।

सम्पन्न सड्क प्रदर्शनको क्रममा विप्लवका नेता कार्यकर्ताले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । पन्तको हत्यारालाई कारबाहीको माग गर्दै राजधानीमा दिनहुँजसो विभिन्न राजनीतिक दल, अभियन्ता र अधिकारकर्मीहरुले प्रदर्शन गर्दै आएको अवस्थामा नेकपा पनि सडकमा निस्किएको हो । पन्तको गत साउन १० मा बलात्कारपछि हत्या भएको अवस्थामा शब फेला परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू