अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 23:19

प्यासिफिक सम्मेलन – आर्थिक विकास शान्ति स्थापना र बातावरण संरक्षणमा एकहुनुपर्ने प्रधानमन्त्री जोड

बिआरटीनेपाल २०७५ मंसिर १५ गते ७:४५ मा प्रकाशित

विवादास्पद एसिया प्यासिफिक सम्मेलन  काठमाडौंमा सुरू भएको छ । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुरु शान्ति स्थापना बातावरण संरक्षणमा एक हुनुपर्ने प्रधानमन्त्रीको जोड दिए। “पछिल्लो समयमा हिमालहरु पग्लदै छन् , सि लेभल बढदो छ समुन्दी टापुहरु माथि जोखीम बढी रहेको छ । यी सवै गैर जिम्मेवारीपूर्ण मानविय क्रियाकलापका कारणले त्यो भएको हो त्यसलाइ रोक्नु अहिलेको आवश्यक्ता हो प्रधानमन्त्री ओलीले उद्घाटन मन्तयव दिदै भने ।

यस्तै उनले विकासउन्मुख देशको आर्थिक विकासमा पनि जोड दिए । यस्ता देशहरुमा प्रविधिको हस्तान्तरण लगानी विस्तार गर्नु समेत उनको आग्रह रह्यो ।  उनले उद्घाटन मन्तव्यमा लाइट अफ एसिया गौतम बृद्ध आफ्नोव मुलुकमा जन्मिएको समेत स्मरण गराए । ह्यात होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका राजनेता तथा प्रतिनिधिहरुको सहभागिता छ । आयोजक संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ)ले नेपालका सबै राजनीतिक दलका नेताहरु, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेत कार्यक्रममा निम्तो दिएको छ । कार्यक्रममा १५ सय विदेशी अतिथी सहभागी हुने बताइएको छ ।

सम्मेलनमा विश्वका गरिबी, आतंकवाद, विकास, सुशासन र सांसदहरूको भूमिका, अन्तर-धार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चार माध्यमको भूमिका, विश्वव्यापी शान्ति प्रक्रिया, शान्ति परियोजनालगायतका विषयमा सम्मेलनको बिभिन्न सत्रमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू