अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२३ | Colorodo: 18:38

श्रम सम्बन्धमा आएको सुधारका कारण मुलुकमा औधोगिक बताबरण बन्दै गएको:अर्थमन्त्री खतिवडा

बिआरटीनेपाल २०७५ मंसिर १५ गते ७:३९ मा प्रकाशित

अर्थमन्त्री डा युवराज खतिवडाले पछिल्लो समय श्रम सम्बन्धमा सुधार आएकाले मुलुकमा औधोगिक बताबरण बन्दै गएको  बताउनुभएको छ । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २१औँ स्थापना दिवस तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेको बताउनुभयो ।
व्यापार घाटा बढ्नु मुलुकका लागि दुःखद् रहेको भन्दै उहाँले निर्यात बढाउनेतर्फ पनि सरकार, उद्योगी तथा व्यवसायी केन्द्रित हुनुपर्ने बताउनुभयो ।

सरकारले करको बोझ थप गरेको भनेर गरिएको प्रचारमा सत्यता नभएको भन्दै अर्थमन्त्री डा खतिवडाले लगानी सम्मेलनअगावै लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक ऐन, नियम तथा कानून तयार पारिसक्ने बताउनुभयो ।

सरकारले आगामी जेठमा लगानी सम्मेलन गर्ने तयारी गरेको जानकारी दिँदै उहाँले विदेशी लगानी भित्र्याउनका लागि सरकारले आवश्यक कानूनी प्रबन्धसमेत गर्न लागेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष सतिशकुमार मोर नेपाल आर्थिक पत्रकार समाजका  पूर्व अघ्यक्षहरु किरण नेपाल,प्रदीप चापागाँई र गोकर्ण अवस्थीले   राजनितिक संक्रमण समाप्तपछि बनेको वर्तमान सरकारले पनि मुलुकमा लगानीको वताबरण बनाउन नसकेको आरोप लगाउनु भयो।कार्यक्रममा नागरिक दैनिकका पत्रकार रुद्र खड्का र क्यापिटल  डटकमका सुवाष योन्जनलाई  सेजन अवार्ड प्रदान गरिएको थियो भने सेजन सम्मानबाट अर्थको अर्थ कार्यक्रमका संत्र्चालक हृदयराज गौतम,कान्तिपूर टेलिभिजनका प्रमुख प्रशान्त अर्याल,कारोबार दैनिकका सम्पादक कुवेर चालिसे र अभियान दैनिकका सम्पादक मदन लम्साललाई पुरस्कृत गरियो।

प्रतिक्रिया