अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१७ | Colorodo: 23:32

अनेसास बोड अफ ट्रस्टी अध्यक्षको उमेदवारीबाट फिर्ता भएको डा. श्याम कार्कीको घोषणा

बिआरटीनेपाल २०७५ मंसिर १४ गते १६:१२ मा प्रकाशित

आदरणीय अनेसासको अभियानमा सहभागी
विश्वभरि छरिएर रहनु भएका अभियन्ताहरू ,

मैले यस अगाडि नै बोर्ड अफ ट्रस्टीको अध्यक्षको हैसियतले विभिन्न कार्यक्रम तथा अभियानमा सहभागी भएको सर्व विदितै छ । साथै आगामी कार्यकालको लागि पुन निर्वाचनमा लागि उम्मेदवारी दिएको विषयमा यहाँहरू सबै जानकार हुनुहुन्छ भन्ने ठानेको छु ।

सर्वप्रथम, हामीहरूले पहिलो कार्यकालमा सम्पन्न गरेका केही कार्यक्रमहरू तपाइहरू समक्ष राख्न चाहन्छु । बोर्ड अफ ट्रस्टीको अवधारणा अनुसार, हामीहरूले कतिपय विषयमा आवश्यक पर्ने नीति निर्माणका चरण,प्रक्रिया र त्यसको कार्यान्वयनको लागि केन्द्रीय समितिसँग आपसी समझदारीमा पूरा गर्न सफल भएका छौँ । यसै गरी संस्थालाई उच्च व्यावसायिक मूल्यमान्यताका साथ अगाडि बढाउन हामीहरूले विभिन्न विषयमा परिमार्जन तथा संशोधन गर्न समेत सफल भएका पनि छौँ । मलाई विगत कार्यकालको सिंहावलोकन गर्दा कतिपय विषयमा हामीहरूले मजबुत आधारशिला निर्माण गर्न सफल भएको अनुभूति भएको छ । साथै हामीहरूले चाहेको र आगामी दिनमा गर्न खोजेका केही योजनाहरू तपाइहरू सामु राख्न चाहन्छु ।

१ अनेसासको केन्द्रीय कार्यालयमा नियमित कर्मचारीको व्यवस्थापनको साथमा कार्यालय सञ्चालन गर्ने
२ अमेरिकीकको कानुनका पारगत कानुन व्यवसायी वाईलज कमिटीको अध्यक्ष र लेखापरीक्षको व्यवस्था सहित वार्षिक रूपमा लेखा परीक्षण गराउने
३ बैठकका निर्णय तथा मान्यूटलाई नियमित रूपमा वेभसाईटमा प्रकाशित गरेर थप पारदर्शी बनाउनु पर्ने
४ हरेक कार्यक्रमहरूको आयोजना गर्दा त्यसको आर्थिक भारलाई वहन गर्ने स्रोत परिचालन गर्नुपर्ने
५ सदस्यता बापतको शुल्क सदस्यताहरू सम्बन्धी गतिविधि सञ्चालन गर्न उपयोग गर्नुपर्ने
६ अनेसासले प्रदान गर्ने अवार्डहरूलाई प्रतिष्ठित अवार्ड बनाउनका लागि छनौटको प्रक्रिया देखि हस्तान्तरणको प्रक्रिया सम्म छनौट समिति र त्यसमा उत्कृष्ट मापदण्डको आधारमा बसेर तयार पारी घोषणा गर्नुपर्ने
७ अनेसासलाई विदेशी भूमिमा बस्नेहरूको साझा अन्र्तराष्टिय समिति बनाउनका लागि र यसको सञ्चालन तथा कार्यविधिमा समेत ध्यान पुरयाउन अति आवश्यक रहेको छ ।

मैले यही पृष्ठभूमिमा र यही कार्ययोजनालाई मूर्त रूप दिनका लागि दोस्रो कार्यकालमा काम गर्ने ध्येयका साथ उम्मेदवारी घोषणा गरेको थिए । मैले उम्मेदवारी घोषणा गरेपछि अर्का उम्मेदवारी गीता खत्रीले समेत उम्मेदवारी दिनुभएपछि स्वतः यो दुई प्यानलमा विभाजित हुने स्पष्ट भएको थियो ।

अनेसासको विषयमा चासो राख्ने, धेरै साथी तथा सहृदयी महानुभावहरूले मलाई पुनर्विचार गर्नका लागि विभिन्न तरिकाले अनुरोध समेत गर्नुभएको थियो । उहाँहरूले एक अभिभावकको भूमिका निर्वाह गर्न र निर्वाचनबाट बाहिर बस्न पटक पटक अनुरोध समेत गर्नु भएको थियो , साथै मेरा हितैषीहरु रोहिणी शर्मा र सीता पाण्डेले विशेष पहल गरेर संस्थाको गरिमा र भावनालाई समेत आघात नपर्ने गरी कदम चाल्न दिनुभएको महत्त्वपूर्ण सल्लाहलाई समेत मनन गर्दे र यावत विषयलाई ध्यानमा राखेर मैले मेरा लक्ष्य र उद्देश्यहरू पूरा गराउन सबैले पहल गर्ने तत्परता देखाएको अवस्थामा निर्वाचनमा गएर मात्र सकारात्मक हुन नसक्ने ठहर गर्दे ती कुराहरूको कार्यान्वयन हुनेमा आश्वस्त भएको छु ।

यसको लागि विभिन्न चरणको वार्ता र सम्वाद पश्चात् मैले अगाडि सारेका कतिपय कार्यक्रम तथा नीतिहरूमा उमेरवाद समेत रहनुभएकी गीता खत्री र निवर्तमान केन्द्रीय अध्यक्ष पदम विश्कर्मासँगको छलफलमा यसका ईमान्दारिता पूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता समेत पाएको छु ।

मैले सदैव यस अनेसासलाई एउटा उचाइमा पुरयाएर विश्वभरका नेपाली साहित्य अनुरागी र स्रष्टाहरूको साझा संस्था बन्न सकोस् भन्ने मेरो चाहना रहेको छ । यसका लागि पाएको प्रतिबद्धताले मलाई खुसी तुल्याएको छ ।

अन्त्यमा अनेसासलाई आर्थिक रूपमा सबल, प्रतिष्ठित र पारदर्शी संस्थाको विकास र विस्तार गर्न यसमा आबद्ध सबैले एउटा टिम वर्कको भावनाका साथ काम गर्न शकुन भन्ने शुभकामना दिन चाहन्छु । साथै आगामी निर्वाचनका लागि आफ्नो मनोनयन पत्र दर्ता नगर्ने निर्णयमा पुगेको छु ।

आगामी कार्यकालमा आउनुहुने बोर्ड अफ ट्रस्टीको टिमलाई सफलताको कामना गर्दछु । संस्थाको बृहत्तर हितको लागि सहयोग गर्न सदैव तत्पर रहेको जानकारी दिन चाहन्छु ।

यस अभियानमा सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

डा.श्याम कार्की
अध्यक्ष अनेसास
बोर्ड अफ ट्रस्टी ,
मेरिल्याण्ड ३० नोभेम्बर २०१८

प्रतिक्रिया